काठमाडौं, १४ पुस । कर्णालीका जिल्लामा खाद्यन्न अभाव भएको सबैजसो चाडपर्व आएको वेला उठ्छ । तर यस वर्षको दशै र तिहार गइसक्यो तर पनि कर्णालीका जिल्लामा अझै खाद्यन्न पुग्न सकेको छैन ।

img_1319खाद्यन्न नपुग्नका कारण सरकार आफै बनेको छ । खाद्यन्न ढुवानीका लागि अर्थ मन्त्रालयले समयमै बजेट निकास नगरिदिदा कर्णालीका सुक्खा प्रभावित जिल्लामा साउनदेखि खाद्यान्न ढुवानी हुन सकेको छैन ।

गत वर्ष कर्णाली अञ्चलका सुक्खा प्रभावित चार जिल्लामा ‘कामका लागि खाद्यान्न’ वितरण कार्यक्रमका लागि १० करोड २३ लाख रुपैयाँ दिने निर्णय सरकारले गरे छ । तर पनि अहिलेसम्म सो रकम निकासा हुन सकेको छैन ।

नेपाल खाद्य संस्थानका अनुसार रकम निकासा नहुँदा गत साउनदेखि प्रभावित जिल्लामा खाद्यान्न ढुवानी रोकिएको छ । यता खाद्यान्न ढुवानीका लागि अर्थ मन्त्रालय ३ करोड रुपैयाँ निकासा गर्न सहमत भएको आपूर्ति मन्त्रालयका प्रवक्ता सुरेशप्रसाद श्रेष्ठले बताए ।

‘रकम निकासा गर्नका लागि केही समय लाग्छ’, प्रवक्ता श्रेष्ठले भने, ‘पहिलो चरणमा ३ करोड रकम निकासा गर्ने प्रक्रिया अगाडि बढेकाले बाँकी क्रमशः निकासा हुँदै जान्छ ।’

कर्णाली अञ्चलका सुक्खा प्रभावित जिल्लाका पीडितलाई काम गरेपापतको ज्याला चामल वितरण गरिन्छ । स्थानीयलाई सडक, विद्यालय भवन निर्माण, सिँचाइलगायतका अन्य विकास निर्माणका गराएबापत खाद्य संस्थानले चामल वितरण गर्दै आएको छ ।