काठमाडौ, १४ पुस । साहित्यकार कमलमणि दीक्षितको आज बिहान निधन भएको छ । दीक्षितको ८७ वर्षको उमेरमा बिहीबार बिहान २ः४५ बजे ललितपुरमा निधन भएको हो।

kamalकेही समयदेखि उनी श्वास प्रश्वासको समस्याबाट ग्रसित थिए । दीक्षितको केहीबेरमा पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ । दीक्षितका दुई छोरा र एक छोरी छन्।

मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितका पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितक माइला छोरा हुन् ।