तुलसीपुर, १३ पुस । दाङको तुलसीपुरमा संचालन हुने मध्यपश्चिम क्षेत्रीय व्यापारी तथा पर्यटन महोत्सव सफल पार्नका लागि सुचना तथा संचार उपसमिति गठन गरिएको छ ।

15731467_1418298114871268_2038785565_nमहोत्सवमा हुने दैनिक क्रियाकलापहरुलाई आम सर्वसाधारण माझ लैजानका लागि बाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीको संयोजकत्वमा आज एक सय ५१ सदस्यीय प्रचार प्रसार उपसमिति गठन गरिएको हो ।

समितिमा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई राखिएको छ । त्यसैगरि समितिमा जिल्लाका सम्पुर्ण संचार संस्थाहरुलाई पदेन सदस्यको रुपमा राखिएको महोत्सव मुल आयोजक समितिका संयोजक बिमल रिजालले जानकारी दिए ।

महोत्सव माघ १३ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ भने सो अ वधिभर २० करोडको कारोबार हुने तथा १ करोड बचत गर्ने लक्ष्य राखिएको छ ।