fulbari

फुलबारी १३ पुस ।   दाङको फुलवारी १ अम्बापुरमा रहेको अम्बेश्वरी बिद्यालयमा माबि ( कक्षा १० ) सम्म पढाई हुन थालेको ७ बर्ष भयो ।  बिद्यार्थी उत्तिर्ण संख्या पनि राम्रै छ । तर त्यहाँ जिल्ला शिक्षा कार्यालयले एउटा पनि दरबन्दी पठाएको छैन् । जसले गर्दा पठन पाठनमा समस्या हुँदै आएको बिद्यालयका प्रधानध्यापक नुमानन्द रेग्मीले बताए ।

बिद्यालयको २८ औ अभिभाबक भेलामा बिद्यालयको अबस्थाका बारेमा जानकारी दिदै  उनले भने ‘ बिक्रम सम्बत २०६७ साल देखी माबि पठाई शुरु भएको हो, जिल्ला शिक्षा कार्यालयले अस्थाई अनुमति दिएको छ, तर अझै दरबन्दी पठाएको छैन् ।’

अहिले निजि शिक्षकहरुले माबिमा पठन पाठन गराई रहे पनि तलब खुवाउन समस्या हुने गरेको उनले बताए । साथै नयाँ शिक्षा ऐन अनुसार अब कक्षा ९ देखी १२ सम्मलाई माबि बनाईने भएकाले कक्षा १० बाट १२ मा बिद्यालयलाई उकास्न थुप्रै चुनौती भएको उनले बताए । उनले भने ‘ नयाँ शिक्षा ऐन अनुसार अब कक्षा १० सम्म सञ्चालन भएको बिद्यालय कित कक्षा ८ मा झर्नु प¥यो, कि त कक्षा १२ सम्म उक्लन सक्नु प¥यो ।’

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थराज चौधरीको अध्यक्षतामा भएको भेलामा प्रअ रेग्मीले बिद्यालयमा भौतीक पुर्बाधारको पनि अभाब रहेको बताए ।  कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेसका नेता तथा सांसद डिल्ली बहादुर चौधरीले बिद्यालयको भौतिक सुधारका लागि माघ सम्म पाँच लाख बजेट उपलब्ध गराउने घोषणा गरे ।

साथै जिल्ला शिक्षा कार्यालयको पुरक बजेटमा बिद्यालयका भौतीक सुधारका लागि समाबेश गर्ने तथा अन्य स्रोतको खोजी गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।  सांसद चौधरीले  सरकारी बिद्यालयको शैक्षिक गुणस्तर सुधार नभए देशको प्रगती हुन नसक्ने दाबी पनि गरे । मुलकुका गरिब, निमुखा समुदायका बिद्यार्थीहरु सामुदायीक बिद्यालयमा अध्ययनरत हुने भएकाले उनीहरुको अबस्था सुधार गर्न सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि हुनुपर्ने उनको भनाई थियो ।

 उनले भौतिक पुर्बाधार निर्माणका आफुहरुले  सहयोग गरेपनि शिक्षा प्रदानमा शिक्षकहरुले खटेर लाग्न निर्देशन दिए । उनले भने ‘ हामीले भौतीक पुर्बाधारका लागि त सहयोग गर्न सक्छौ तर हामीले दिन सक्दैनौ , बालबालिकाको भबिष्य उज्जवल बनाउन शिक्षक लाग्नु पर्छ । ’

साथै आफुले नयाँ ऐन अनुसार सोही बिद्यालयलाई कक्षा १० बाट १२ सम्म उकास्न आफुले सक्दो सहयोग गर्ने बताए । भेलामा मन्तब्य ब्यक्त गर्दै बिद्यालयका अक्षयकोष सञ्चालक तथा राप्ती समाचार राष्ट्रिय दैनिक प्रकाशन संस्था मल्टिपल मिडिया प्रालिका अध्यक्ष तेज बहादुर कार्कीले आफुले स्थापना गरेको अक्षय कोषको रकम बृद्धि गर्ने घोषण गरे । उनले अहिले आफ्ना भाईको सम्झनामा बिद्यालयमा  २५ हजार रुपैयाको अक्षयकोष स्थापन गरेको र अब उक्त कोषलाई बढाएर ५० हजार पु¥याउने घोषणा पनि  गरे ।

आफुले शिक्षा आर्जन गरेको बिद्यालयको  शैक्षिक गुणस्तर बृद्धि गर्न यस्तै अक्षयकोषको भुमिका पनि महत्वपुर्ण हुने उनको तर्क थियो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य तारा बहादुर कार्की, काग्रेस फुलबारीका कार्यबहाक अध्यक्ष बिनोद पाण्डे, नेपाल रेडक्रस सोसाईटी उरहरी उपशाखा सभापति हरिहर पौडेल,अभिभाबक बिमला शर्मा, एमाले फुलबारीका मदन डिसी, माओवादी केन्द्रका बाबुराम बिक, नयाँ शक्तिका टंकराज पौडेल, फुलबारीका सामाजिक परिचालक गोबिन्द सुबेदी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

शिक्षक मान बहादुर देबकोटाको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण निम बहादुर न्यौपानेले गरेका थिए ।   साथै अभिभाबक भलाले नयाँ शिक्षा ऐन अनुसार बिद्यालय ब्यबस्थापन समिति चयन गर्ने छ । तर मंगलबारको अभिभाबक भेलाले सर्बसहमतीबाट नयाँ कार्यसमिति चयन गर्न सकेन् ।

सर्ब सहमतिका लागि यहि पुस १५ गते पुनः अभिभाब भेला हुने छ । १५ गतेको भेलाले सर्बसहमती नभएमा  नयाँ बिब्यस चयन गर्न मतदान प्रक्रिया अपनाईने बिद्यालयले जानकारी दिएको छ ।