campusभरतराज शर्मा  / तुलसीपुर १३ पुस । कुनै समय धमाधम खुलेका गाउका क्याम्प  पछिल्लो समय घाटामा जान थलेका छन् । ग्रामिणमा सञ्चालन भएका केही क्याम्पस अहिले घाटा ब्यहोरेर पनि  सञ्चालन भईरहेका छन्, भने कुनै क्याम्पस अहिले बन्द भईसकेका छन् ।   दाङ निर्वाचन क्षेत्र नं. ५ मा स्थापना गरिएका शिक्षा संकायका तीन वटा क्याम्पसहरु अहिले चरम आर्थिक मारमा परेका छन् ।

त्रिभुवन विश्व विद्यालयको अनुमतिमा शिक्षा संकायमा स्नातक तह सञ्चालनमा ल्याईएका वयाले सिमतारा , श्रीगाउँ र हंसपुरलगायत स्नातक तह सम्म पढाई हुने क्याम्पसहरु चरम आर्थिक मरमा परेका छन्  ।  ग्रामिण  क्षेत्रका गरिव तथा विपन्नहरु बिद्यार्थीहरुलाई  शिक्षामा पहुँच पु¥याउन सञ्चालन गरिएका क्याम्पसहरु बिद्यार्थीकै अभाबमा आर्थिक मारमा परेका हुन् ।

ग्रामिणमा सञ्चालन भएका क्याम्पसहरुलाई सरकारी निकायबाट कुनै सहयोग नहुँदा बन्द हुने अबस्थामा पुगेको शिक्षा संग सारोकार राख्ने ध्रुवनाथ योगीले वताए । उनले भने‘ क्याम्पस सञ्चालनका लागि सरकारले चालु खर्च दिदैन, क्याम्पसको आम्दानीले पुग्दैन त्यसैले ग्रामिण ईलाकाका क्याम्पसहरु चरम आर्थिक मारमा परेका हुन् ।’

 शान्तिनगर गाविसमा रहेको विपि मावि वयाले सिमतारामा सञ्चालित शिक्षा संकायको स्नातक तह सञ्चालनमा मासिक एकलाख वढि घाटामा रहेको एक अभिभावकले वताए । वार्षिक १२ लाख वढि आर्थिक भारमा क्याम्पस फस्दै गएको उनले बताए । मासिक एक लाख ९ हजार रकम कर्मचारीको तलबमा खर्च हुन्छ ।

तर क्याम्पसको स्नातक तहको प्रथम वर्षमा शुक्रवार सम्म विद्यार्थी भर्ना भएका थिएनन् । दोश्रो वर्षमा १० जना र तेश्रो वर्षको कक्षामा १८जना मात्र विद्यार्थी छन् । चौथो वर्षकालागि भर्नाको समय नै नभएको क्याम्पस प्रमुख टीना आचार्यले वताईन् । अनुमतिमा सञ्चालन भएको क्याम्पसले चालु खर्च माग गर्न पनि तेस्रो बर्षको परिक्षाफल प्रकाशित भएपछि मात्र निवेदन पेश हुने भएकाले आउँदो वर्ष चालुखर्चका लागि त्रिभुवन विश्वविद्यालय संग वजेट माग गर्ने क्याम्पस प्रमुख आचार्यले वताईन ।

विपन्नता , शिक्षा प्रतिको मोह कम हुनु तथा छात्राहरु उच्च मावि सम्मको शिक्षा आर्जन गरी विहेवारी गर्नु, छात्रहरु वैदेशिक रोजगारी जानुले गर्दा क्याम्पसमा बिद्यार्थीको अभाब  हुने गरेको प्रमुख आचार्यको भनाई छ ।

साथै केही बिद्यार्थीहरुको शहरमुखी मानसिकत्ताले पनि ग्रामिण क्याम्पसमा बिद्यार्थीको अभाब हुने गरेको उनको भनाई छ ।   शान्तिनगर गाविसमा रहेको विपि मावि वयाले सिमतारामा शिक्षा संकायको स्नातक तह सञ्चालनका लागि २०६९सालमा महापुराण सञ्चालन भएको थियो । जसबाट ४२ लाख रकम जम्मा गरिएको महापुराण आयोजक समितिका अध्यक्ष खिमप्रसाद खरालले जानकारी दिए ।

महापुराणवाट संकलन भएको रकमले  स्नातकतहहका लागि ६ कोठाको पक्की भवन निर्माण गरिएको अध्यक्ष खरालले जानकारी दिए ।  साथै महापुराणमा आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका ब्यक्तिहरुबाट समेत अझै सहयोग प्राप्त नभएको अध्यक्ष खरालको भनाई छ । त्यस्तै  श्रीगाउँमा सञ्चालित शिक्षासंकायको स्नातकतह पनि गत वर्ष देखि नै वन्द भएको छ ।

त्रिभुवन विश्वविद्यालयको अनुमतिमा सञ्चालनमा आएको क्याम्पस विद्यार्थीकै अभावमा वन्द भएको क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष धर्मनाथ योगीले जानकारी दिए । एका तिर विद्यार्थीको अभाव अर्कोतिर आर्थिक भार वढदै जान थालेपछि स्नातक तहको पढाई वन्द भएको योगीले जानकारि दिए । योगीका अनुसार हंसपुरमा सञ्चालित स्नातक तहको पढाई हुने क्याम्पस पनि विद्यार्थीको अभावमा आर्थिक चपेटामा रहेको छ ।