dalit-cartoon-800x500_cदाङ, १८ चैत्र । दलित भएको थाहा पाएपछि घरवाट निस्कन दवाव दिदै कोठा चोख्याउन पुजापाठ गर्ने कार्यमा संलग्नलाई कारवाहीको माग गरिएको छ । तुलसीपुर–३ निवासी सिता भण्डारीको घरमा वस्दै आएका रोल्पाका एक दम्पत्तिलाई दलित भएको थाहा पाएपछि कोठा छाड्न दवाव दिइएको थियो ।

यस्तो अमानवियले घटनाले समाजमा अझैपनि दलितहरु खुलेर वाँच्न सक्ने अवस्था नरहेको भन्दै दलित सचेतना अभियान लमहीले घटनामा संलग्नलाई कडा कारवाहीको माग गरेको हो । घर भाडामा वस्दै आएका नन्दु कुमार विक र भिमा विकलाई कोठावाट निस्कान गर्ने काममा संलग्न घरधनी भण्डारीलाई कडा कारवाही गर्न सरोकारवालासंग माग गरिएको छ ।

सचेतना अभियानका अध्यक्ष गोपाल विकद्धारा हस्ताक्षरीत विज्ञप्तीमा कोठावाट निस्कासन गरी घर चोख्याउने जस्तो क्रियाकलाप मानवताविरोधी भएको उल्लेख छ । यसैविच, जातिय विभेद भएको घटनाको सत्थतथ्य संकलनका लागी ५ सदस्यीय छानविन समिति वनाइएको छ ।

संयुक्त राजनितिक दलित संघर्ष समितिका संयोजक मानवहादुर विश्वकर्माको अध्यक्षतामा वसेको वैठकले जगत दर्लामीको अध्यक्षतामा ५ सदस्यीय छानविन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा चुर्ण परियार, लोका विश्वकर्मा, छवि विक र जनक नेपाली हुनुहुन्छ । समितिले घटनावारे सत्थतथ्य जानकारी लिनेछ ।।