इन्द्रेणी संवाददाता 

दाङ, १८ चैत्र । बैद्य नेतृत्वको नेकपा माओबादी निकट अखिल क्रान्तिकारी दाङले जिल्लाका बिभीन्न स्थानमा लीपुलेक यात्राको डकुमेन्ट्री प्रदर्शन गर्ने भएको छ । अखिल क्रान्तिकारी दाङको आज घोराहीमा बसेको कार्यालय टिमको बैठकले आगामि चैत्र २८ गते घोराही र २९ गते तुलसीपुरमा लीपुलेक यात्राको डकुमेन्ट्री प्रदर्शन गर्ने निर्णय गरेको हो ।

lipulekh

केहि समय अघि अखिल क्रान्तिकारीको केन्द्रिय टोली राष्ट्रियताको रक्षार्थ लिपुलेक पुगेको थियो । यस्तै बैठकले जिल्लाका सबै क्याम्पसहरुमा ईकाई सम्मेलन गर्ने निर्णय गरेको छ । राप्ति बबई क्याम्पसमा २६ गते, महेन्द्र बहुमुखि क्याम्पसमा चैत्र २९ गते, जनता बिद्यापिठ बिजौरीमा ३० गते, देउखुरी बहुमुखी क्याम्पसमा बैशाख ९ गते सम्मेलन गर्ने निर्णय भएको अखिल क्रान्तिकारी दाङका उपाध्यक्ष प्रशान्त वलीले जानकारी दिनुभएको छ ।

बैठक संगठनका जिल्ला अध्यक्ष गोपाल घर्तिको अध्यक्षता एवम् संगठनका केन्द्रिय उपाध्यक्ष खुसीराम चौधरीको बिशेष उपस्थितीमा बसेको हो ।।