लक्ष्मण रसाइली  ( समर्पण )
हरेक मान्छे महान तथा अमुल्य सपना बोकेर प्रदेशियका हुन्छन।आफ्नो घर परिवार को खुसी तथा ती महान खुसी का सपना लाई बोकेर कयौ युबक बिदेशिन बाध्य छन।स्वदेश को बेरोजगारी ले निम्त्याएको यो समस्या लाई प्रबासको भुमी मा रोजगारी को कर्म भुमी बनाउन बाध्य छन ती युबक तथा ती सपना हरु।

laxman-rasaili

त्यस्तै क्रम मा स्वदेश को चर्को बेरोजगारी संगै म स्वयम् खाडी मुलुक हिंड्न् बिबश भयको थिय।अझै झलझल्ती याद छन ती चर्को घाम मा बगाएका पसिना हरु याद।लाखौ युबाहरु मध्ये धेरै जसो युबक हरु खाडि का विभिन्न देशमा रगत र पसिना बगाउन बाध्य छन त्यस्तै म आफै कतार पुगेर पनि ती कडा वचन तथा चर्को घाम अनि त्यहा का पिडा सहन न सकि जन्म भुमी फर्कन बाध्य भय ।

प्रबासी भुमी कतार पुगेर पनि मेनपावर तथा कम्पनी को ठगीमा परे ।तर फर्कन सकिन ,आफू जस्तै हजारौ पीडित भेट्न् सफल भय,तर उनिहरु को उद्दार गर्न सोच आयो तर फर्कन सकिन।एउटा मिडया को बाटो समातेर अगाडी बढने आधार मिले संगै आफै पीडित भयर पनि धेरै को उद्दार गर्न पाउनु खुसी को कुरा थियो।तर त्यही दुख नेपाल आयर छर्न धेरै कठिन भयो।

किन कि ,बास्तबिकता बताउन गार्हो लाग्यो।हुन त हजारौ ले सत्य कुरा न बताउदा बिदेशिने को संख्या बढन गयको हो।र दोस्रो कुरा मेनपावर को ठगी।यी दुई कारन हजारौ नेपाली युबक हरु को प्रबासी भुमी मा बिचल्ली हुनु परेको यी आँखा का अगाडी देखिय।आफ्नो जन्म भुमी लाई छोडेर प्रबासी भुमी जाने हरेक युबा हरु सर्बप्रथम त कुनै सीप लियर नै बेदेसिन जरुरी छ।

किन कि बिना सीप कुनै काम सम्भब पनि छैन।त्यसैले हरेक युब पंक्ति बिचल्ली हुनु ठगीमा पर्नु को मुख्य कारण यसमा पनि जोडिएको छ।त्यसैले अन्तिममा हरेक युबा प्रदेशिनु पुर्ब अर्काको देश मा बेचिने पसिना सीप मुलक हुनु पर्छ,त्यहा बेचिने पसिना सीप मुलक को भयो भने त्यस्तै पारिश्रमिक को सम्भावना हुन्छ।हरेक स्थिति मा सुधार हुन सक्छ।त्यसैले गरेक कुरा जानकारी परामर्श बिना प्रदेशिन खोज्दा पीडित को पात्र बन्न नसियला भन्न सकिँदैन।बेरोजगारि को पछाडी सीप,सोही सीप स्वदेश मा प्रयोग को बाटो बनाउन सिकौ।