दाङको डुरुवा ४ कोठरीमा आज मंगलवारदेखी माघि विशेष सांस्कृतिक महोत्सव हुदै छ । भोलीदेखी १७ गतेसम्म हुने माघी विशेष सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । “स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवकालागी आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ ।
मौतका कुवा, ढुंगा पीङ, झुला पिङ, निर्माण, महोत्सव स्थल तारवार, मञ्च निर्माण, गेट निर्माण लगायतका काम सम्पन्न भएको आयोजक मूल समितिका संयोजक यामबहादुर पुनले जानकारी दिनुभयो । नव जागरण नेपाल दाङको आयोजना र नवश्रृजनसिल युवा क्लब तेघराको सहआयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवको भोली मंगलवार एक भव्य कार्यक्रमकाबीच उद्घाटन गरिने छ । विहान ११ बजेदेखी महोत्सव उद्घाटन समारोह सुरु हुने कार्यक्रम सहसंयोजक सुनिल विसीले जानकारी दिनुभयो ।
महोत्सवमा नेपाली चलचीत्र एवं सांगीतीक क्षेत्र र हास्यव्यंग्य क्षेत्रका कलाकारहरुको प्रस्तुति रहने छ । जसमा नेपाली चलचीत्रकी चर्चीत एवं लोकप्रीय नायीका रेखा थापा, लोकदोहारी क्षेत्रका लोकप्रीय गायक पशुपति शर्मा, चर्चीत लोकदोहारी गायकहरु खुमन अधिकारी, खुमन अधिकारी, गायक दुर्गेश थापा, तीलक वली, हास्य कलाकारहरु सुरेन्द्र केसी (मुलासाग), जोगेन्द्र पानवाला, हर्के हवल्दार लगायतका कलाकारहर आउने कार्यक्रम रहेको महोत्सवका प्रचारप्रसार संयोजक आर.के. शीतलले जानकारी दिनुभयो ।
