संजय कुशवाहा

नवलपरासीको सिमाक्षेत्रमा बिना अनुपति पत्रको मादक पदार्थको पसल सन्चालनमा बृध्दि भईरहेको छ।लामो समय देखि मादक पदार्थ तथा लागुपदार्थ दुर्ब्यसनि न्युनिकरण गर्ने उदेश्य ले जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा अन्य सघ सस्थाले विभिन्न जनचेतना मुलक कार्यक्रम सन्चालन गरिरहदा पनि सिमा क्षेत्रमा झन यस्ता कार्य बढिरहेका छन।

15731514_382668948746967_308214776_nकेही महिना अगाडि आउनु भएका प्रहरी प्रमुख राजेन्द्र प्रसाद चौधरीले जनचेतनामुलक कार्यक्रम सन्चालन गरि रहदै आउनु भएको छ ।सिमा क्षेत्रका मदिरा पसल ब्यपारिहरु कानुनि बिना नै धमाधम मदिरापसल सन्चालनमा ल्याएका छन सरकारको नीति अनुसार कुनै पनि पसल सन्चालन गर्दा अनुपति पत्र लिनु कानुनी प्रक्रिया भएतापनि सिमाको ब्यापारिहरु आफु मनपरि पसल सन्चालन गरेका छन ।

सिमा क्षेत्र भन्दा ३ कि.मि. भित्र आफ्नो देश मा पसल सन्चालन गर्न सरकारकोनीति छ तर सिमाका छेउमा नै यस्ता धैरै अबैध पसल सन्चालनमा आउदा पनि प्रशासन मौन छ।सिमा क्षेत्र मा मादक पदार्थ सेवन गरेर चोरि डकैति, कुटपिट, गालिगलौज ,हत्या हिसा बढिरहेको समयमा प्रहरी प्रशाशन मुखदर्शक बनेको छ।

समय समयमा अनुगमन गरि तत्काल सिमा क्षेत्रबाट हटाउनु पर्ने मा स्थानिय हरुको माग रहेको छ।अबैध रुपमा पसल सन्लान गरि दुई देशको सम्बन्ध बिग्रिरहेका स्थनिय बासि ले बताएका छन ।यस्ता अबैध पसल खासगरि पकलिहवा ,झुलनिपुर, बसहिया , धर्मौलि, भुजहवा महेशपुर लगायतका सिमा मा सन्चालन छन ।