गोविन्द खड्का
घोराही, ११ जेष्ठ । अन्ततः टोल विकास संस्थाले सिफारीस दिए पछि अरु झञ्जट नव्यहोरी झुल पाईने भएको छ । मंगलबार घोराही १० को वडा नागरीक मञ्चले गरेको निर्णय अनुसार अरु प्रकृया खोज्ने निर्णय गरेको हो । त्यसै अनुसार तथ्यांक शंकल कार्य थालिएको छ । घोराही १० वडा नागरीक मञ्चका उप संयोजक शक्तिराम डा“गिको अध्यक्षतामा बसेको बैठकले अन्य झञ्जट नदिने निर्णय गरेको सामाजिक परिचालक एसोदा केसिले जानकारी दिनुभयो । यस अघि बहाल वालाले झुल नपाउने गरी तथ्यांक शंकलन गरीएको थियो । बहालवालालाई सुविधा दिन नगरपालिकामा बहाल कर तिरेको प्रमाण खोजेको थियो । त्यसरी घर साहुले सिफारीस दिन नमानेपछि बहालवाला बञ्चीत हुने देखिएको थियो । संस्थाले घोराही नगरपालिकामा ५१ ह्जार दुई सय ७२ थान झुल बाँड्ने लक्ष्य राखेको छ ।
वितरक संस्था ग्रामिन विकास आधार जनकपुरले मंगलवार देखि झुल वितरणको तथ्यांक शंकलन कार्य घोराही १० मा थालेको छ । वडाको सर्भे सकिएपछि वितरण कार्य शुरु हुने जिल्ला कोर्डिनेटर सरस्वती भण्डारीले जानकारी दिनुभयो । वितरण गरीने झुल जिल्लामा केहि भित्री सकेको श्रोतले जनाएको छ । कति एलएल आईएन किटनाशक झुल ल्याउने भन्ने बारे पुरै सर्भे नहुदा सम्म टुंगो नलाग्ने बताईएको छ । सर्भे पछि वितरण केन्द्र स्थापना गरी थालिने भण्डारीले बताउनुभयो ।
यहि क्षेत्रमा लामो समय नबस्ने, टोलविकास संग समन्वय नगरेका, टोल विकासमा सहयोग नगर्ने अस्थाई खालको छोटो बसाई भएकालाई टोलले सिफारीस गर्ने छैन । दोहोरो बसाई भएकाले एक ठाउ बाट मात्रै सुविधा लिने छन् । कतै बाट पनि बदमासी हुन नदिने वडानागरीक मञ्चले प्रतिवद्धता जनाएको छ । बषौ बर्ष देखि बहालमा बस्दै आएका, यतै पेशा व्यवसाय गरेका लाई भने टोल विकास संस्थाले सिफारीस दिने संयोजक डा“गिले बताउनुभएको छ । सो बैठकमा महिला स्वाथ्इ स्वयंसेविका, टोलविकास संस्थाका अध्यक्ष एवं पदाधिकारी, सामाजिक परिचालकहरुको सहभागिता रहेको थियो ।
