संजय कुशवाहा

नवलपरासी जिल्लाको सिमावर्ती नाका झुलनिपुरको नाका बाट ४ पाङ्रे सवारिसाधन आवत जावतमा भरतीय एसएसबीले रोकलगाएको छ।सिमा क्षेत्रमा रहेका नेपाली नागरिकहरुले भारतमा आफन्त रहेको हुदा आफन्त कहाँ जान ४ पाङ्रे साधन प्रयोग गर्न नपाउदा समस्यामा परेको बताएका छन।

15731488_382033505477178_300202617_nनेपाल भारत बिच रोटि बेटिको सम्बन्ध रहेको तथा सम्पुर्ण सिमावर्ती जनताका आफन्त भारत र भारतीयजनताको आफन्त नेपालमा रहेको हुदा आवत जावत गरिनु पर्ने बाध्यता रहेको छ।नेपाल भारत बिच बैबाहिक सम्बन्ध रहेको हुदा सवारिसाधनआवत जावत नहुदा आफुहरु समस्यमा परेको सिमा क्षेत्रका जनताले गुनासो गरेकाछन ।

केही दिनदेखि आवतजावतमा रोकलगाएपछि तत्काल नाका खोलिनु पर्ने स्थानियबासिले सरकार समछ माग गरेका छन तर भारतीय एस।एस।बि भने यो नाका सरकारीरुपले प्रतिबन्ध रहेकाले खोल्न नसकिने जनाएको छ।झुलनिपुर नाकामा रहेका एस।एस।बि।ले ठुठिबारी नाका र सुनौली नाका बाट कानुनीरुपले आवतजावत गर्न मिल्ने भएकोले त्यहि नाका बाट आवतजावत गर्न सबैमा आग्रह गरेको छ।

यस्तै रहने हो भने नेपालको धार्मिक स्थल त्रिबेणीमा लाग्ने मेला तथा मदार बाबा मेलामा भक्त श्रध्दालुको कम उपस्थिति हुने अनुमान गरिएको मदरसा ईस्लामिया कुताबुल कुडिया ६ महलबारीका अध्यक्ष जामलुदिन असारि ले बताउनु भयो।तर यो नाका केही महिना देखि मात्र अवरोध गरिएको छ।