दाङ, ११ पुस । नवौ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता–२०७३ अन्र्तगत दाङ क्षेत्र नम्बर २ स्तरिय खेलकुद कार्यक्रम लक्ष्मीपुरस्थित मावि झिङ्नी बञ्जाडीमा हुने भएको छ । ठुलो खेलकुद मैदान भएको मावि झिङ्नी बन्जाडीमा क्षेत्रस्तरिय सम्पुर्ण प्रतियोगितात्मक कार्यक्रमहरु हुने विद्यालयले जनाएको छ ।
निर्बाचन क्षेत्र नम्बर २ स्तरमा रहेको सम्पुर्ण विद्यालयका प्राधानाध्यापकहरुको बसेको बैठकले पुस २१ गतेदेखि २४ गतेसम्म सम्पुर्ण कार्यक्रमहरु गरी सक्ने निर्णय गरेको छ । चारदिनसम्म सञ्चालन हुने प्रतियोगितात्मक कार्यक्रमका लागि सम्पुर्ण विद्यालयहरुलाई खबर भैसकेको आयोजक समितिका संयोजक एब मावि झिङ्नी बन्जाडीका प्राधानाध्यापक कृष्णप्रसाद अधिकारीले बताए ।
खेलकुदका कार्यक्रम अन्र्तगत एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ समय मिटर, एक हजार पाँच सय मिटर, र तीन हजार मिटर छात्र तथा छात्राहरुको लागि दौड प्रतियोगिता, फिल्ड अन्र्तगत हाईजम्प, लङ्ग जम्प, ट्रिपल जम्प, सटपट र ज्यावलिङ थ्रो छात्र तथा छात्राहरुको लागि आयोजना गरीएको छ ।
यस्तै छात्र तथा छात्राहरुको लागि कपर्दी, भलिवल प्रतियोगिता पनि आयोजना गरीएको छ । यसैयरी चार जना छात्र ÷छात्राका लागि एक सय मिटर र ४ सय मिटरको रिले दौड प्रतियोगिता आयोजना गरेको कार्यक्रमका प्रचारप्रसार संयोजक नवीन अभिलाषीले जानकारी दिए ।
