संजय कुशवाहा

नवलपरासी जिल्लामा रहेको महेशपुर छोटि भन्सार कार्यालयमा भारतिय गाडीहरुको सुबिधा पत्र बनाए बापत रकम असुली गरिएको पाईएको छ । भारतबाट आउने मोटरसाईकल तथा चार पाङ्रे सवारी साधन नेपालमा प्रबेश गर्न सुबिधा पत्र बनाउदा कर्मचारिले मनोमानी पैसा लिईरहेको सोमनीका अनुज यादवले बताएका छन ।

15724153_382382282108967_1017677407_nछोटि भन्सार कार्यालयले मोटरसाइकलबाट रु १० भारतीय रुपैया तथा ४ पाङ्रे सवारी साधन बाट रु ५० भारतीय रुपैया असुली गरिरहेको पाईएको छ। नेपाल सरकारको निति अनुसार सवारीसाधनको सुबिधा निशुुल्क पाईने प्रावधान रहेता पनि कर्मचारिहरु मनोमानी रुपमा रकम असुलिरहेको स्थानिय बासिहरुले गुनासो गरेका छन ।

महेशपुर भन्सार अन्तर्गत रहेको त्रिबणी छोटि भन्सार कार्यालय,गुठिप्रसौनी भन्सार कार्यलय, भुजहवा छोटि भन्सार कार्यालय र बिसुनपुरवा छोटि भन्सार कार्यालयहरुमा समेत मनोमानीरुपमा रकम असुलि भईरहेको बताईएको छ ।