लण्डन, ६ पुस । आतङ्कवादी सङ्गठन आईएसआईएस (इस्लामिक स्टेट) एक कुर्दिस दानिस युवती जोआना पलानीको मूल्य १० लाख अमेरिकी डलर तोकेको छ ।

9bdffee2231802b6636167ce9ae37621यी बहादुर युवतीको हत्या गर्नेलाई आईएसले १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको हो । सन् २०१४ मा आतङ्कवादीसँग लड्नैका लागि विश्वविद्यालको पढाई समेत त्यागेकी जोआना अहिले आईएसको सर्वाधिक खोजीको सूचीमा छिन् ।

बेलायती पत्रिका ुद इन्डिपेन्डेन्टु का अनुसार जोआना पलानी यसबेला जेल जीवन बिताइरहेकी छन् । जुन, २०१५ मा यात्रामा प्रतिबन्ध लगाइएपछि देश छोडेको अभियोमा उनी कोपेनहेगनमा आफूमाथिको आरोपको सामना पनि गरिरहेकी छन् ।

उनीविरुद्धको सुनुवाइ मङ्गलवार भइरहेको छ। यदि जोआना दोषी पाइन् भने उनीमाथि डेनमार्कबाट मध्यपूर्वसम्म आईएस आतङ्कवादीलाई आउन जान रोक्नका लागि बनाइएको नयाँ कानुन अनुसार दुई वर्ष कैद सजाय हुनेछ । त्यसो त जोआनाको डेनमार्कमा वापसीलाई लिएर अनलाइनबाट पनि र अफलाइन (वास्तविक विश्व) बाट पनि धम्की आइरहेको छ ।

समाचारपत्रले अरबी सञ्चारमाध्यमलाई उधृत गर्दै जनाए अनुसार आईएसआईएसको सामाजिक सञ्जाल च्यानलबाट यसै साताको अन्त्यमा प्रसारित सन्देशमा जोआना पलानीको हत्या गर्नेलाई १० लाख अमेरिकन डलर पुरस्कार दिने घोषणा कयौँ भाषामा आएको छ ।

जोआना पलानीले अघिल्लो साल पुलिसले आफ्नो राहदानी जफत गरेपछि तत्कालै प्रतिक्रिया दिँदै फेसबुकमा लेखेकी थिइन्, ुुम कसरी डेनमार्क या कुनै अरू देशका लागि खतरा बन्न सक्छु । जबकि म आफैँ आधिकारिकरुपमा त्यस सेनाको एउटा सदस्य हुँ, जसलाई डेनमार्क नै ९आईएसआईएसविरुद्ध० लड्नका लागि प्रशिक्षित गर्दछ र समर्थन पनि दिन्छ ।

इरानी कुर्दिस्तानमा सम्बन्ध राख्ने परिवारकी जोआना पलानीको जन्म पहिलो खाडी युद्धका क्रममा इराकको रमादीस्थित एक शरणार्थी शिविरमा भएको थियो । उनको परिवारले उनी सानै हुँदा डेनमार्कमा शरण लिएको थियो ।