एजेन्सी, ६ पुस । मेक्सिकोको लोकप्रिय तथा व्यस्त पटाका बजारमा विस्फोट हुँदा कम्तिमा २६ जनाको ज्यान गएको छ । राजधानी मेक्सिको सिटीको बाहिरी क्षेत्रमा रहेको सान पाब्लिटो पटाका बजारमा विस्फोट भएको हो ।
विस्फोटमा परि ६० जना भन्दा धेरै घाइते भएका छन् । खुला आकाशमुनि रहेको बजारमा सुरुको पसलबाट विस्फोट तथा आगलागी सुरु भएको र त्यसले सम्पूर्ण बजार घेरेको तस्बिरमा देखिएको छ ।
