तुलसीपुर, ६ पुस । दाङमा ईट्टाको भाउ बढाउने तयारी भइरहेको छ । यही पुस ११ गतेदेखि लागुहुने गरि एक हजार इट्टाको मुल्य १३ हजार पुर्याउने तयारी भइरहेको छ । हालसम्म एक हजार ईट्टाको मुल्य ११ हजार थियो । तर अब पुस ११ गतेपछि त्यसको मुल्य १३ हजार पुग्दै छ । ११ गतेपछि एउटा एक नम्वर ईट्टालाई १३ रुँपैया पर्ने छ । सेवा ईट्टाका एकजना प्रोप्राइटर सुरेश बस्नेतले पुस ११ गतेदेखि १ नम्वर ईट्टाको बाजर मुल्य १३ रुँपैया, २ नम्वरको ९ रुँपैया र ३ नम्वरका ईट्टाको मुल्य ७ रुँपैया पुग्ने जानकारी दिए ।
हाल पश्चिम क्षेत्रमा सेवा ईट्टा सर्बाधिक व्यापार गरिरहेको ईट्टा उद्योग हो । प्रोप्राईटर बस्नेतका अनुसार मानपुर ३ जहदागाँउको यो उद्योगले विगत चार वर्षदेखि सेवा दिँदै आएको र एक वर्षमा झन्डै ६० लाख ईट्टाको व्यापार गरेको जानकारी दिए । ईट्टाको भाउ बढाउनुपर्ने कारण जान्न खोज्दा दाङ देउखुरी ईट्टा व्यवासायी संघका अध्यक्ष रोम वलीले तीनवटा कारणहरुले गर्दा भाउ बढाउनु परेको बताए । उनले पहिलो कारण कोईलाको रेट बढ्नु , लेवर चार्ज बढ्नु र ढुवानी खर्च बढुनुलाई नै औंल्याउन खोजेका थिए ।
भारतमा इन्धनको मुल्य बढ्नुले कोईला ढुवानी भाडापनि बढेकोले ईट्टाको रेट बढाउनु परेको उनले बताए । आफुहरुले चिम्नीमा ईट्टा पोल्नका लागि ल्याउने कोईरा भारत र ईण्डोनेसियावाट आयात गर्ने गरेको अध्यक्ष वलीले जानकारी दिए । उनका अनुसार नेपाली कोईला गुणस्तरहिन भएकोले बाहिरी देशवाट कोईला ल्याउनु परेको हो । तर अध्यक्ष वलीले दुई वर्ष पहिले एउटा ईट्टाको मुल्य १४ रुँपैया रहेको स्मरण गराउँदै यही पुस ११ गतेदेखि प्रति ईट्टाको मुल्य अब सरदर साढे १३ रुँपैया पुग्नुलाई अन्यथा मान्न नहुने तर्क गरे ।
तर विश्वसनिय स्रोतका अनुसार पहिले ईट्टा व्यवसायिहरुकै बीचमा आपसी पर्तिपर्धाले गर्दा ईट्टाको मुल्य केही सस्तिएको थियो । तर पछिल्लो समय जिल्लाका सम्पूर्ण चिम्नि ईट्टा व्यवसायिका बीचमा राम्रो सम्वन्ध स्थापित भएकोले उनीहरु मुल्य बढाउन सहमत भएका हुन । एक जना व्यवसायिले नाम उल्लेख नगर्ने सर्तमा भने ‘ प्रतिपर्धाले गर्दा १२ रुँपैयामा बेच्ने ईट्टा ११ रुँपैयाको प्रतिपिसका दरले बेच्नु परेको थियो तर, अब हाम्रो बीचमा प्रतिपर्धा छैन , एकता भएको छ र मुल्य बढाएका हौं ।’
अध्यक्ष वलीले जिल्लामा हालसम्म २६ वटा चिम्निका ईट्टा उद्योगहरु रहेको र झन्डै एक सयको हाराहारीमा भुसे ईट्टा उद्योगहरु रहेको जानकारी दिए । अध्यक्ष वलीलले राज्यले कसैलाई काखा र कसैलाई पाखा गरिहेकोले त्यो बन्द हुनुपर्ने बताए ।
उनले चिम्नि ईट्टालाई अनिवार्य भ्याट लगायर तनाव दिएको तर भुसे ईट्टा उद्योग सञ्चालकहरुलाई भने अन्त शुल्क मात्रै लगाउनु विभेद युक्त रहेको दुखेसो पोखे । त्यस्तै उनले ईट्टाको विमा नहुँदा पानी परेपछि करोडौं क्षति बेहोर्नुपर्ने अवस्ता रहेको जानकारी दिए । अध्यक्ष वलीले चिम्निको ईट्टा गुणस्तरीय हुुनुको साथै भूसे ईट्टाले तुलनात्मक रुपमा जमिनमा प्रदुशन पनि धेरैगर्ने दाबी गरे । भुसे ईट्टाको उद्योग सञ्चालकहरुले पनि समान रुपमा ईट्टाको भाउ बढाउने तयारी गरिहेकाछन् ।
