इन्द्रेणी संवाददाता
दाङ, ४ पुस । नेकपा एमालेका नेता शंकर पोख्रेलले आफूलाई संघीयाताको च्याम्पियन ठान्ने माओवादीले नै अहिले संघीयतालाई धरापमा पार्न लागेको आरोप लगाएका छन् ।
प्रेस चौतारी दाङले आज दाङको घोराहीमा आयोजना गरेको ‘संविधान संसोधन संसोधन प्रूतावको अन्र्तवस्तु’ विषयक अन्तक्र्रियामा उनले यस्तो बताएका हुन् ।
नेता पोख्रेलले अहिले संसदमा दर्ता भएको संविधान संसोधन प्रस्तावको कुनै औचित्य नभएको र यो मुलुकको हितको पक्षमा नभएको दावी गरे । यो प्रस्ताव जास्तो सुकै हालतमा पनि पास नहुँने उनको भनाइ छ ।
उनले नेकपा एमालेलाई मुलुकको सचेतक प्रतिपक्षको सज्ञा दिदै संसोधन प्रस्ताप कुनै हालतमा पनि पास हुन नदिने बताए ।