गोविन्द खड्का
घोराही, ४ पुस । झुक्याएर भोलाको खोस्टा भुईमा फाल्ने युवकले सेवारखोला नया“ वसपार्क घोराहीमा विसपटक उठबस गरेका छन् । खसालेको भोलाको खोस्टा टिप्न लगाई कान समातेर विसपटक उठबस गराइएको हो ।

100_5321‘भुईमा नफालेस् है बाबु भनेर अलि पर्थी ग्या थे“’ वसपार्कका सरसफाइ निरीक्षक हर्कबहादुर वलीले भने, ‘ त्यसैले पो खायो खसाल्यो ।’ उनका अनुसार फर्केर आई सार्वजनिक स्थलमा उठवस गर्न लगाईयो । अब जथाभावि फोहर फाल्न चेतेको ती युवकले प्रतिकृया दिए ।

यसो त नगरपालिकाकै कर्मचारीले पनि जरिवाना तिरेको वलीले जानकारी दिए । बसपार्कको कम्पाउण्ड भित्र खुला पिसाव गरीरहेको अबस्थामा दुई जना भेटिए । उनीहरुले हामी पनि नगरपालिकाको कर्मचारी हो जरिवाना तिर्दैनौ भनेर उल्टो थर्काए । तीनले तिर्न नमानेपछि प्रहरीमै बुझाउनु प¥यो । नपत्याएका तीनले ५० रुपैयाका दरले जरिवाना तिरेर छुट्कारा पाए ।

बिहान उठ्दा ठाउ“ ठाउ“मा पानी खन्याएको जस्तो देखिने क्षेत्र आजभोलि गन्हाउन छोडेको छ । न त मुतका राङटा भेटिन्छन् । वलीले भने ‘पुलिसका गाडि बाट खसाल्नेलाई पनि टिप्न लाएको छु’ वलिले थपे, ‘पढेलेखेकाहरु पनि धेरै वेईमान् रहेछन् ।’

सबै भन्दा सहयोग यातायात क्षेत्रले गरेको वलीको भनाई छ । तर सुधार्न मुश्किल पनि त्यही देखिएको छ । पटक पटक खसालेको फोहर उखेर्न लगाउदा पनि केहि सहचालकहरुले नचेतेको वलीलेले बताए ।

‘एक चोटि हातैले उखेरेको मान्छेले त चेत्नु पर्ने नि ?’ व्यसोमतिका व्यक्ति देखेर दंग परेका वलीले सोधे ‘अर्कोदिन पनि त्यसैले बस बढारेर बाहिर खन्याउछ । कस्तो बुद्धि होला ?’ निरन्तरको प्रयासले वसपार्क सुधार त भएको छ । कति गाडिका सहचालकले घोराहीमा बस सफा नगर्ने भन्न थालेका छन् । भने धेरैले कन्टेनरमा हाल्छन् ।

बाहिरबाट आउदा र यात्रु बोकेर हिड्नै लाग्दा ‘हजुर हो यततिर फोहगन्धा नफाल्नु होला’ भनेर नम्र स्वभावले वलिले सम्झाउछन् । धेरै यात्रुलाई त्यतिले पुग्छ । केहिले नसुनेको वा भुलेको बेला फाल्छन् तिनलाई टिप्न लगाउछन् । तिनले ‘थाह भएन हजुर अब गर्दैनौ’ भनेर आफै माफि माग्छन् । कतिपय यति खतम छन् जसले झुक्याएर खसाल्छन् । तिनलाई सजाएको विकल्प छैन ।