इन्द्रेणी संवाददाता
देउखुरी,१० जेठ । सिसा नेपालको आस्था परियोजनाले आयोजना गरेको लैङ्गिक हिंसा न्यनिकरणका लागि स्थापित क्रियाशील समुहहरु बीच सोमवार गढवामा महिला हिंसाका कारण बारे अन्तरक्रिया गरेको छ । कार्यक्रममा अहिले पनि महिलाहरुमाथि विभिन्न खाले हिंसाहरु भैरहेको भन्दै हिसा न्यूनिकरणका लागि सचेतना जगाउनका साथै दोषीलाई कडाभन्दा कडा कारवार्ही हुनुपर्ने माग समेत गरेको छ । त्यस्तै महिलाहरुले अहिले पनि विधिन्न खाले घरेलु हिंसामा पर्ने गरेको बताएका थिए ।
गढवा गाविसका मेलमिलाप केन्द्रका संयोजक नन्दकला आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पारालिगलकी खिमा रिजाल,चेतनशिल महिला समाजकी ओभा पाठक, महिला वालवालिका संस्थाकी अध्यक्ष रेखा थापा, वडा नागरिक मञ्चका तिलक परियार,नागरिक सचेतना केन्द्रका अध्यक्ष चन्द्रमणि आचार्य र पटवारी यादव लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सिसा नेपालका फिल्ड संयोजक बिष्णु देवकोटा र सामाजिक परिचालक राधा यादवले गनुभएको थियो ।
