इन्द्रेणी संवाददाता
घोराही,१० जेठ । बाल कल्याण निमाबी गढवाले आफ्नो बिद्यालयको भौतिक तथा शैक्षिक सुधारको लागी बार्षीक कार्ययोजना अद्यावधिक सम्वन्धी एक दिने कार्यशाला गोष्ठी सोमवार सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममनोरथ यादवको अध्यक्षतामा सम्पन्न कार्यशालामा बालबुद्धि प्रा वि खवरीका प्रधानाध्यापक मन्साराम यादव, शिक्षक अभिभावक संघका अध्यक्ष पटवारी यादव,विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदी, सदस्य मोहनलाल चौधरीले बोल्नुभएको थियो ।
त्यस अवसरमा विद्यालयको वर्तमान अवस्था र भावी रणनीतिका वारेमा समीक्षा गर्दै आगामी वर्षका लागि विपत र जोखिमसंग सतर्कता अपनाउनुपर्ने भावी योजनाहरुलाई प्राथमिकता दिन दिने भएको छ । कार्यशालाको सहजिकरण विद्यालयका प्रधानध्यापक ताराप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।
