काठमाडौं, ३ पुस । सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक आह्वान गरेकी छन् । संसदको गतिरोध अन्त्यको प्रयासका लागि सोमबार बिहान ११ बैठक आह्वान गरिएको हो ।

imagesबैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागि रहेको बताइएको छ । सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको छ ।

एमालेको अवरोधका कारण संशोधन प्रस्ताव संसदको कार्यसूचीमा पर्न सकेको छैन ।