नेपाल पत्रकार महासंघ दाङको २४ औ स्थापना दिवसका अवसरमा घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पत्रकार महासंघ दाङको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
स्थापना दिवसका अबसरमा पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, उपाध्यक्ष लक्ष्मी आचार्य, प्रेस सेन्टरका केन्द्रिय सदस्य एवं महासंघका पूर्व उपाध्यक्ष नरेन्द्र केसी, सदस्य जनक नेपाली, पत्रकारहरु भुपेन्द्र वली, निशानदाजु भट्राई, गिरिराज नेपाली, कुलदीप न्यौपाने, शुसिला आचार्यले रक्तदान गर्नु भएको थियो ।
यस्तै त्रिभुवन नगर जेसिजका अध्यक्ष राजिव उल्लाह खान, खेल संयोजक मिनराज भाड, स्वास्थ्य संयोजक माधव पौडेल,सल्लाहकार जगतु चौधरी ,युवा व्यावसायी यादब सैघाली, शिक्षक वेदुप्रसाद अधिकारीले रक्तदान गर्नुभएको थियो । त्यस अबसरमा बोल्दै पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले रक्तदानले जिल्लामा रगतको अभाव हुन नदिने वताउनुभयो ।
प्रत्येक वर्ष स्थापना दिवसका अबसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको वताउँदै गौतमले रगतको अभावमा कसैले ज्यान गुमाउन नपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष गौतमले स्थापना दिवसको अबसरमा रक्तदान गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्नुभएको थियो ।