इन्द्रेणी संवाददाता
घोराही, २ पुस । सातौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको अवसरमा आज भएको वादविवाद प्रतियोगितामा जनकल्याण मावि पदमपुरकी प्रतिक्षा रेग्मी प्रथम भएकी छिन् ।

त्यस्तै भ्यालिटप बोडिङ स्कुलका सौरब आचार्य द्धीतीय, पद्योदय भरतपुरकी रिना निरौला तृतीय र दिपशिखा उमाविका अनुप पोखरेल सान्तोना भएका छन् ।

१७ जना विद्यार्थी सहभागी बादविवाद प्रतियोगिताको शिर्षक ‘ई–बुकभन्दा पुस्तक राम्रो’ भन्ने रहेको थियो । यस्तै विहिबार नै सम्पन्न भएको चित्रकला प्रतियोगितामा जनप्रिय इङलिस बोडिङ स्कुलकी सुस्मीता चौधरी प्रथम, दिपशिखाका राजधन पुन द्धीतीय, स्टार बोडिङ स्कुलका मुना महतरा तृतीय र डिभाई एकेडेमीकी आरती विक सान्त्वना भएका थिए ।