घोराही, २ पुस । प्राविधिक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा माघ ३ गतेदेखि १० गतेसम्म सञ्चालन हुने श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०७३ आयोजक मूल समितिले आज वृहत भेला गरेको छ ।
पद्मोदय पब्लीक नमूना माध्यामिक विद्यालय भरतपुर दाङको आयोजनामा भएको विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं स्तरीय प्राविधिक शिक्षा सञ्चालनार्थ “सबै धर्मबची एकता, हामी सबैले बुझौ प्राविधिक शिक्षाको आवश्यकता” भन्ने मुल नारामा साथ हुन लागेको महायज्ञका लागि वृहत भेला भएको हो । भेलाले मूल समिति विस्तार गर्दै १ हजार १ सय ११ सदस्यीय मूल समिति गठन गरेको छ । मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेको अध्यक्षतामा भएको भेलाले मूल समिति विस्तार गरेको हो ।
दाङ जिल्लामा स्रोत साधन सम्पन्न प्राविधिक विश्वविद्यालय स्थापनामा सहयोग गर्ने, स्थानीय स्तरमै स्वदेशी राजगारको वातावरण सिर्जना गरि विदेश पलायनलाई न्यूनिकरण गर्ने, आत्मनिर्भर आयआर्जनमुखी एवं अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम युवाशक्ती उत्पादन गर्न आधार तयार पार्ने, स्वाभिमानी नेपालीमा एकताको भावना अभिवृद्धि गरी राष्ट्रिय स्वाभिमान उच्च राख्ने, आध्यात्मिक चिनतन र शैक्षीक विचारलाई सुत्रवद्ध गरी राष्ट्रनिर्माणमा सघाउ पु¥याउने लगायतका लक्षय गरी महायज्ञको आयोजना गरेको विद्यालयका प्राचार्य डा. कृष्णराज डिसीले जानकारी दिए ।
