घोराही, १ पुस । प्राविधिक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा माघ ३ देखि १० गतेसम्म सञ्चालन हुने श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ का लागि भोली घोराहीमा वृहत भेला हुने भएको छ ।
पद्मोदय पब्लिक नमुना माध्यामीक विद्यालय भरतपुरको आयोजनामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षा सञ्चालनार्थ “सबै धर्मबचि एकता, हामी सबैले बुझौ प्राविधिक शिक्षाको आवश्यकता” भन्ने मुल नारामा साथ हुन लागको महायज्ञ सफल बनाउनका लागि छलफल गर्ने उद्धेश्यले वृहत भेलाको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
विद्यालयका प्राचार्य डा. कृष्णराज डिसीले शनिवार विहान ११ बजेदेखी पद्मोदय पब्लीकमा हुने वृहत भेलामा उपस्थित हुनका लागि सबैमा अनुरोध गरेका छन् । महायज्ञकालागी ३० वटा उपसमिति गठन गरेर काम भईरहेको छ । म