accident

दिपक बोहरा, तुलसीपुर १ पुस ।  तुलसीपुरमा शुक्रबार ट्रेक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । घाईते दुई जनाको अबस्था गम्भिर छ ।

तुलसीपुर १० बल्लेबाट तुलसीपुर बजार तर्फ आउँदै गरेको लु २ त ७७२० नंबरको दुर्घटना हुँदा तुलसीपुर १० का ३० बर्षीय ललित घर्तीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बेलुकी ६ बजे तिर भएको दुर्घटनामा परी घाईते भएका घर्तीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार उनको टाउको र छातीमा गम्भिर चोट लागेको थियो ।

तुलसीपुरको धर्मशाला नजिक भएको दुर्घटनामा परी अन्य तीन जना घाईते भएका छन् । घाईते मध्य तुलसीपुर १० बल्लेका कृष्णा परियार, सोही ठाउका ४० बर्षीय बर्षीय तेज बहादुर गिरीको अबस्था गम्भिर छ ।

भने सोही ठाउका ६३ बर्षीय तुलसिंह घर्तीको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका लागि अञ्चल अस्पताल तुलसीपुरमा लगिएको छ । गाडि चालकलाई प्रहरीले नियणत्रणमा लिएको छ ।