एउटा परिपक्को व्यक्तिले भर्खर क, ख सिक्दैछन् भन्दा जोकसैलाई अच्चमा लाग्न सक्छ । तर गायिका जुनु गौतमले अहिले भर्खर क, ख, ग सिक्दै छिन् ।
जुनु नेपाली सांगीतिक क्षेत्रमा क ख ग घ सिक्दै छिन । साहित्यकार झमक घिमिरेको आत्मपरक जीवनी जीवन काँडा की फुलमा आधारित नेपाली कथानक चलचित्र जीवन काँडा की फुलमा समाबेश उक्त गीतबाट जुनु गौतम नेपाली सांगीतीक क्षेत्रमा प्रबेश गरेकी छिन ।
प्रकाश शिवाकोटीको शब्द संगीतमा सो गीतमा जुनुले आफ्नो आवाज भरेकी हुन् । शास्त्रीय संगीतमा् बगेको सो गीतको यतिबेला छुटै चर्चा पनी चल्नथालेको छ । त्यसो त मित्र राष्ट्र भारतमा बसोबास गर्दै आएकी जुनुले भारतमै रहेर संगीतमै विसारत् पनी गरेकी छिन । जुनुले केही हिन्दी बेंगोली र त्रिपुरी भाषाका गीत पनी गाईसकेकी छन् । तर जुनुको यो नै पहीलो नेपाली गीत हो भन्दा फरक पर्दैन ।
आफुलाई संगीतको विद्यार्थी भन्ने र आफ्नो आत्मसन्तुष्टीका निमित्त नै गायन क्षेत्रमा लागेकी बताउने जुनु हाल नेपालमै रहेर आफ्नो सांगीतीक भबिष्य पनी खोजीरहेकी छिन । यतिबेला बिस्तारै बिस्तारै उनी नेपाली मिडियाको चासोको पात्रपनी बनेकी छिन ।
उनले भनिन् , म सबैजनाको साथ सहयोगबाट नेपाली संगीतमा केही गर्न चाहान्छु । मलाई सबै जनाको साथ सहयोगको खाँचो छ । तर उनले यस क्षेत्रका केही ब्यक्तिहरुको सस्तो सल्लाहले भने आफुलाई दुखि तुल्याएको पनी सुनाइन् ।
चलचित्र जीवन काँडा की फुलको मैले क लेख्न जाने गीतले उनलाई केही सांगीतिक कार्यक्रमहरुमा प्रस्तुतिको अवसर पनी जुराएको छ ।