काठमाडौं, १ पुस । पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्टको शुक्रबार निधन भएको छ ।
चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा उनको ८६ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले बतायो । उनी परिवार सहित बौद्धमा बस्दै आएका थिए ।
२०६२/०६३ को जनआन्दोलनसम्म मुस्ताङको शासन सत्तामा शक्तिशाली रहेका उनी त्यस यता भने निस्क्रिय थिए । उपल्लो मुस्ताङमा निकै लोकप्रिय मानिन्छन् ।