काठमाडौं, १ पुस । एसीसी अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले भारतसामू १७३ रनको बिजयलक्ष्य प्रस्तुत गरेको छ ।

5fc580f94f8a37c5433ba4e3d3da14d7टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७२ रन जोड्यो । यो लक्ष्य भारतलाई नेपालले दिएको अहिलेसम्मकै ठूलो हो ।

नेपालका लागि रोहित कुमार पौडेलले अभिजित ६८ रन बनाए। यस्तै दीपेन्द्र सिंह ऐरीले ३४ रन जोडे । यस्तै आशिफ शेखले १८, प्रकाश केसी १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।

भारतका लागि राहुल चहारले सर्वाधिक ५ विकेट लिए। यस्तै कमलेश नगरकोटी, यस ठाकुर, आयुश जम्बवाल र हिमांशु रानाले एक–एक विकेट लिएका थिए।