बाँके, १ पुस । नेपालगञ्जमा अत्यधिक चिसो वढेर गएको छ । चिसो मौसमसँगै शितलहर चल्दा त्यहाँको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अत्यधिक चिसो वढेको र लगातार शितलहर चल्दा जीवन कष्टकर बन्दै गएको छ ।
शितलहरका कारण सर्वसाधारण मात्र होइन यातायातका साधन पनि प्रभावित भएका छन् शितलहरका कारण सवारी साधन आवागमनमा प्रभावित भएको यातायात व्यवसायीहरु बताउछन् । सबै सवारी साधनको भिड रहने नेपालगञ्जमा चिसोका कारण यातायातका साधन समेत कम चल्ने गरेका छन् ।
बाक्लो हुस्सुका कारण दिउसै वत्ती वालेर सवारीका साधन चलाउनुपर्ने अवस्था सृजना भएको छ । चिसोका कारण नेपालगन्जका प्रमुख बजार त्रिभुवन चोक, सदरलाइन, घरबारी टोल, बीपी चोक, वीरेन्द्र चोक र पुष्पलाल चोक क्षेत्रमा पसल कम मात्र खुल्न थालेका छन् ।
यसबाट व्यापार÷व्यवसाय सबैभन्दा बढी प्रभावित भएको छ । बजार चहलपहल घटेका कारण पसल कम खुलेको सदरलाइनका व्यवसायी दीपक अग्रवालले बताए ।
बाक्लो हुस्सुका कारण पर्याप्त भिजिबिलिटी नभएका कारण केही दनयता नेपालगन्जबाट हुने अधिकांश हवाई उडान रद्द गरिएका छन् । दिउँसोको समयमा केही उडान हुने गरेको विमानस्थलले जनाएको छ ।
पहाडी जिल्ला जाने सयौं यात्रु उडान नहँुदा नेपालगन्जमा अलपत्र परेका छन् । हावापानी कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज रीता महतोका अनुसार नेपालगन्जको तापक्रम घटेर न्यूनतम १० २ र अधिकतम १३ डिग्री सेल्सिएससम्म छ ।
यसैबीच चिसोका कारण बिरामी भएकाहरू अस्पताल पुुग्ने क्रम बढेको छ । दुईरतीन दिनयता निमोनिया, रुघाखोकीलगायत रोग लागेका बालबालिका र वृद्धवृद्धा जँचाउन आउने क्रम बढेको नेपालजगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालका निर्देशक डा. एम किदवाईले जानकारी दिए ।
