गुल्मी, १ पुस । गुल्मीमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच आज झडप भएको हो ।

gulmi-protest१६ दिनदेखि ग्ल्मी बन्द प्रहरीले जिल्ला प्रशासन कार्यालयको ताला खुलाउने प्रयास गरेपछि झडप भएको हो । संविधानन संशोधनको विरोधमा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रदर्शनकारीले प्रशासन कार्यालाई कब्जामा लिएका छन् भने गुल्मीका सबै सरकारी कार्यालयहरु आज बन्द छन् । त्यस्तै आज विद्यालयसमेत बन्द गरिएको छ । उता, ५ नम्बर प्रदेशबाट पहाडलाई अलग गर्न नहुने भन्दै रोल्पा र प्युठान पनि पुनः आन्दोलन थालिएको छ ।