काठमाडौं, ३० मंसिर । नेकपा एमालेका सांसद लालबहादुर रावलमाथि पार्टी मुख्यालय धुम्बराहिमा आफ्नै कार्यकर्ताले आक्रमण गरेका छन् । बझाङ क्षेत्र नं. २ का सांसद रावललाई एमालेकै कार्यकर्ता मानबीर बोहोराले हातपात गरेका हुन् ।

rawal_kutpitरावलमाथि आक्रमण हुँदा पार्टी मुख्यालयमा स्थायी समितिको बैठक चलिरहेको थियो । बझाङबाट स्थानिय निकायको पुनर्संरचना आयोगले तयार संरचनामा असन्तुष्ट पक्षको एक टोली मुख्यालयमा डेलिगेशन आएको र उनीहरुको उक्त ज्ञापनपत्रमा रावलले हस्ताक्षर गर्न नमानेपछि बोहोराले छातिमा मुक्का हानेको बताइएको छ ।