Sher Bahadur Deuba Photo: Dinesh Gole/Nagarik/Republica

चितवन, ३० मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ महिनाभित्रमा तीन तहको निर्वाचन नभए देशमा संवैधानिक सङ्कट आउने बताएका छन् । नेपाली कांग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण अभियान २०७३ को आज उद्घाटन गर्दै उनले संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन हुनैपर्ने भएकाले यस विषयमा तीन दल एकमत भएको बताए ।

Sher Bahadur Deuba  Photo: Dinesh Gole/Nagarik/Republica
सभापति देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताए । नेकपा ९एमाले०का अध्यक्ष केपी ओली, ९माओवादी केन्द्र०का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो बीचमा गाउँपालिकाको निर्वाचन गर्न सहमति भएको उनको भनाइ छ ।

सभापति देउवाले संशोधन प्रस्ताव फिर्ता नहुने भन्दै कांग्रेस र माओवादी संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता लिने पक्षमा नभएको बताए । कार्यक्रममा महामन्त्री डा। शशाङ्क कोईरालाले देशको विगतलाई हेर्दा जुन बेला राजनीतिकस्थिरता आयो त्यतिबेला मात्रै विकास भएको बताए ।