दाङ, ३० मंसिर । घोराही नगरपालिका ६ गिठेपानीका ६२ वर्षका केचे कामीले ६२ वर्षकी श्रीमती आइतु बिकको आज घरमै बन्चरो प्रहार गरी हत्या गरेका छन् ।
श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आपसी विवाद भएपछि कामीले श्रीमतीलाई बन्चरो प्रहार गरेको र उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।