इन्द्रेणी संवाददाता
दाङ, ३० मंसिर । दाङको घोराहीमा आजदेखि सातौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७३ शुरु भएको छ ।
नेपाल पुस्तक तथा स्नेशनरी व्यवसायी महासंघ दाङको आयोजना तथा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्रको संरक्षणमा शुरु भएको महोत्सवको शिक्षा मन्त्री धनिराम पौडेलले गरे ।
‘समाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने नाराका साथ शुरु भएको महोत्सव पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सव उद्घाटन अघि शोभा यात्रा निकालिएको थियो । हजारौंको सहभागिता रहेको सोभा यात्रा महोत्सव स्थलदेखि शुरु भएर घोराहीका विभिन्न बजार क्षेत्र परिक्रम गरेको थियो । शोभा यात्रमा विभिन्न संस्कृति झल्कने संस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो ।
दाङको कर्मचारी मेलनकेन्द्रको मैदानमा सञ्चालन भएको उक्त महोत्सवमा नेपाल भरका विभिन्न स्नेशनरी व्यवसायीहरुको ८० वटा स्टल रहेका छन् भने मनोरञ्जनका लागि वाल उद्यन, रोटेपिङलगायतका मनोरञ्जनका समाग्रीहरु पनि राखिएको छ ।
महोत्सव लगाउनुको मुख्य उद्देश्य मानिसहरुमा पठन संस्कृतिको विकास गर्नु भएको महोत्सव मूल आयोजन समितिका संयोजक एवं नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ दाङशाखाका अध्यक्ष घनश्याम वरालले बताए ।
तस्विर : उदय बीसी