vaisako-masu

तुलसीपुर ३० मंसिर ।  दाङमा मरेका भैसीको मासु बिक्रि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मरेको भैसीको मासुको बिक्रि बितरण भईरहेको गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बिहिबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लक्ष्मीपुर ६ बालिम बनखेत घरभई हाल घोराही ११ नया बजारमा मासु पसल गर्दै आएका ३४ बर्षीय किशोर बिश्वकर्मा र २६ बर्षीय कृष्ण बिश्वकर्मालाई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।

मरेको भैसी काटेर बिक्रि गर्न भन्दै रा १ ज ५१३ नंबरको जिपद्वारा धर्ना देखी घोराही बजार तर्फ लैजानेक्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।