त्रिपुर ३० मंसिर । नेपाली कांग्रेस त्रिपुरको संगठन सुदृढिकरण अन्तरगत घुम्ती बैठक वडा नंबर १३ को त्रिवेणीमा भएको छ । नगर समितिले थालेको यस अभियान अन्तरगत बुधबार त्रिवेणीमा बैठक भएको हो । नगर सभापति दीपा पाण्डेको अध्यक्षता एवं कांग्रेस नेता शालिकराम आचार्यको प्रमुख आतिथ्यमा भएको बैठकमा वक्ताहरुले घुम्ती वैठक अभियानले संगठन सुदृढिकरणकासाथै एक आपसमा भावनात्मक सम्वन्धको विकास गर्नुपर्ने बताए ।
साथै यस्ता गतिबिधि पार्टीले निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेविसंघ दाङ क्षेत्र नम्बर ३ का अध्यक्ष तिलक रावत, नगर सदस्य रेशम बस्नेत, हरिदेवी पोख्रेल, पूर्णबहादुर डाँगी, वडा सभापति नोखिराम केसी, कुलप्रसाद रजौरे (श्रवण), हिमबहादुर डाँगी, लोकबहादुर बस्नेत, मीनबहादुर डाँगीलगायतले घुम्ती बैठक अभियानको सफलताको शुभकामना दिएका थिए । कांग्रेस त्रिपुर नगरपालिकाको साप्ताहिक घुम्ती बैठक वडा नम्बर १२ एकल घरुवामा पुष ५ गते हुने नगर सभापति दिपक पाण्डेले जानकारी दिए ।
