hota-chunaw_rekha-namaste-2

डुरुवा ३० मंसिर ।  डुरुवा ४ कोठरीमा हुने माघी महोत्सवमा नायीक रेखा थापा आउने भएकी छिन् । लागु औषध विरुद्धको सचेतना कार्यक्रमका लागी हुन लागेको महोत्सवमा नायीका रेखा थापा आउने आयोजकले बताएको छ । नायीका थापाले दुई सय भन्दा बढि चलचित्रमा अभिनय तथा चलचित्रको निर्देशन समेत गरेकी छिन् ।

पुष १२ देखी १७ गतेसम्म हुने ‘माघी विशेष साँस्कृतिक कार्यक्रम–२०७३’ कोठेरी सञ्चालन हुन लागेका कार्यक्रम संयोजक यमबहादुर पुनले जानकारी दिए । ‘स्वस्थ गाँउ, स्वस्थ शहर, लागु औषध न्यूनिकरण गर्ने हाम्रो रहर’ भन्ने मुल नाराका साथ नवजागरण नेपाल दाङको मुख्य आयोजना, नव शीर्जनशील युवा क्लबको सहआयोजनामा महोत्सब हुन लागेको हो ।

सांस्कृतिक महोत्सवमा लागु औषध दुव्र्यसन सम्बन्धि जानकारी पनि गराईने छ । स्वर्गद्धारी टेन्ट हाउसको व्यवस्थापनमा हुने महोत्सवमा चर्चित केन्द्रिय तथा स्थानिय स्तरका चर्चित कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।