तलसीपुर ३० मंसिर । तुलसिपुर नगरपालिका वडा नम्बर १२ को वडा परिषद भएको छ । वडा सचिब राधा लामिछानेको अध्यक्षता एवम् तुलसिपुर नगरपालिकाका नायव सुव्वा सुमित्रा पाण्डेयको प्रमुख आतिथ्यमा परिषद भएको हो ।
सो अवसरमा सचिब पाण्डेयले आगामि आर्थिक बर्ष ०७४÷०७५ का लागि १९ लाख ५० हजार रुपैयाको योजनाहरु प्रस्तुत गरेका थिए । पुर्वाधार तर्फ बाटो ग्राभेल देखि लिएर लक्षित बर्गको बजेटमा सिपमुलक तालिम लगायतका योजनाहरु समेटिएको छ ।
सो अवसरमा वडा नागरीक मञ्चका संयोजक खगेन्द्र अधिकारी , माओवदि केन्द्रका हेमराज भण्डारी , काग्रेसका भिम प्रसाद भण्डारी , एमालेका दिपक भण्डारी , राप्रपा नेपालका हर्क बहादुर डागी , राष्ट्रिय जनमोर्चाका नारायण भण्डारी , माओवादिका कुल बहादुर वली , नयाँ शक्तिका लाल बहादुर रावत लगायतले मन्तब्य ब्यक्त गरेका थिए । परिषदको सहजीकरण सामाजिक परिचालक शोभा गौतमले गरेकी थिईन् ।