बसन्त परियार, तुलसीपुर ३० मंसिर । सांसद भागवत विश्वासिले समाजको विकासका लागि जनता चनाखो हुनुपर्ने बताएका छन् । समाजमा हुने बिभिन्न बिकास निर्माणका कार्यमा त्यहाँका जनता एकजुट भएर लाग्नु पर्ने बताएका छन् । तुलसिपुर नगरपालिका वडा नम्बर १९ को उरहरीमा भएको वडा परिषदलाई सम्बोधन गर्दै उनले जेष्ठ नागरीकहरुलाई सम्मान गर्नुपर्ने बताएका छन् । वडा सचिब मान बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सांसद विश्वसिले अर्को प्रसङ्गमा बोल्दै सविधान संसोधन विधेयक छिट्टै फिर्ता हुने समेत बताए ।
सो अबसरमा सचिब मान बहादुर रावतले आगामि आर्थिक बर्ष ०७४÷०७५ का लागि १९ लाख ५० हजारको योजनाहरु प्रस्तुत गरेका थिए । पुर्वाधार तर्फ ९ लाख ५० हजार ,बालबालिका तर्फको ३ लाख ८० हजार , महिला लक्षित तर्फ दुई लाख ४० हजार र अन्य लक्षित तर्फ तीन लाख ८० हजार गरी विभिन्न योजनाहरु प्रस्तुत गरिएको थियो ।
सावित्रा ढकालको स्वागत मन्तव्यबाट सुरु भएको परिषदमा तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी, नगरपालिकाका समाज कल्याण अधिकृत टोप बहादुर डागी ,पुर्व जिविस सदस्य शोभाराम बस्नेत, पूर्व गाविस अध्यक्ष टेक बहादुर केसी , वुद्धिजिवि तिलक बहादुर बस्नेत, काग्रेसका सेवकराम भण्डारी , एमालेका होताराम बस्नेत , पूर्व वडाध्यक्ष लिलाधर डागी,वडा नम्बर २० का सचिब केशवराज डागी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । परीषद्को सहजीकरण सामाजिक परिचालक लक्ष्मी चौधरीले गरेकी थिईन् ।
बिभिन्न ब्यक्तिलाई सम्मान
परिषदको अबशरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । वडाभित्र रहेका ७० वर्ष देखि माथिका एक सय पाँच जना जेष्ठ नागरीकलाई सम्मान गरिएको हो । यस्तै वडा भित्रका ६ जना महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई पनि सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ठ कृषि उद्यमिहरु जागेश्वर भण्डारी , बम प्रसाद भण्डारी ,नवराज डाँगी तथा उपभोक्ता समितिमा रहेर असल काम गर्ने हरी प्रसाद वली र हुम बहादुर बस्नेतलाई पनि सम्मान गरिएको थियो ।