घोराही ३० मंसिर । आज विहिबार देखि सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ सुरु हुदैछ । महोत्सब मुल आयोजक समितिले महोत्सबका लागि सम्पुर्ण तयारी पुरा भएको र आजबाट महोत्सब सुरु हुने जनाएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङको आयोजना र महासंघ केन्दिय समितिको संरक्षकत्वमा हुने महोत्सबमा काठमाण्डौ, पोखरा, नारायणघाट, बुटवल नेपालगंजबाट स्टलका सामानहरु आएर व्यवस्थापन भैरहेको आयोकजले बताएको छ ।
महोत्सबमा राखिएको ८० वटा स्टलको व्यवस्थापन भएको, उद्घाटन सत्रका सम्पुर्ण अतिथीहरुलाई निमन्त्रणा भैसकेको, बाहिरी जिल्लामा अतिथीहरु आईसकेको, महोत्सब स्थलको भौतिक संरचनाहरु निर्माण भैसकेको, बाल उद्यानका लागि सम्पुर्ण संरचनाहरु जडान भएको, आबस्यक प्रचारप्रसार भएको, शोभायात्राका लागि विभिन्न निकायहरुको सहभागिता रहने गरी समन्वय, छलफल, भेटघाटलाई पुर्णता दिईएको मुल आयोजक समितिका संयोजक घनश्याम बरालले जानकारी दिए । पत्रकार सम्मेलन कार्यक्रमका अध्यक्ष बरालले कार्यक्रमहरु प्रस्तुत गरीने सास्कृतिक कार्यक्रम, साहित्यीक कार्यक्रम, बहस मुलक कार्यक्रम, महोत्सबमा प्रबेश गर्ने दर्शक तथा पाठकहरुलाई मनोरञ्जनका लागि विभिन्न कलाकारहरुलाई आमन्त्रण लगाएका सबै काम सकिएको उनले जानकारी दिए ।
महोत्सबमा ६० वटा जति स्टलहरुमा राष्ट्रिय अन्र्तरतष्ट्रिय किताबहरुको प्रर्दशनी रहने र बाँकी २० स्टलहरुमा शैक्षिक गतिविधिहरुसंग सम्बन्धीत सामग्रीहरु, स्टेशनरी, खेलकुदका सामग्रीहरु रहने मुल आयोजक समितिले बताएको छ । एक करोडको आर्थिक कारोबार हुने शैक्षिक महोत्सबले आर्थिक मुनाफा भन्दा पनि पठन सस्कृतिको विकास र शैक्षिक उन्नयनका लागि प्रभाब छोड्न महोत्सब आयोजना गरिएको महासंघका केन्द्रिय अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।
महोत्सबको पहिलो दिन बृहत शोभायात्रा निकालिने भएको छ । घोराहीको जिविस रोड स्थित जेसिज सचिबालय अगाडीको खाली जग्गामा रहेको शैक्षिक महोत्सब स्थलबाट विहान साढे दश बजे शोभायात्रा सुरु हुने शोभायात्रा व्यवस्थापन समितिका संयोजक लालमणी लम्सालले जानकारी दिए । शोभायात्रामा जिल्ला स्थित सम्पुर्ण सामुदायीक तथा सस्थागत विद्यालयहरु, विभिन्न सामाजिक संघसस्था, घोराही नगरपालिका स्थित सम्पुर्ण टोल विकास सस्थाहरु, धार्मिक संघसस्था, प्रहरी प्रसासनको सस्थागत सहभागिता रहने उनले बताए ।
महोत्सबको उदघाटन शिक्षा मन्त्री पौडेलले गर्ने
महोत्सबको उद्घाटन शिक्षा मन्त्री धनिराम पौडेलले गर्ने भएका छन् । महोत्सब उद्घाटन गर्नको लागि उनी बुधबार बेलुका दाङ आईसकेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ दाङका अध्यक्ष घनश्याम बरालले बताए । महोत्सबको पहिलो दिन आज विहिबार हुने शोभायात्रा तथा उद्घाटन कार्यक्रममा उपस्थिती हुन सम्पुर्ण निकायहरुलाई प्रचारप्रसार समितिका संयोजक सुन्दर गौतमले आग्रह गरे । महोत्सबको पहिलो दिन र अन्तिम दिन निशुल्क प्रबेश रहेको भन्दै उनले अन्य दिन सर्बसाधारणहरुलाई ३० रुपैया र विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा २० रुपैया शुल्क कायम रहेको बताउनुभयो ।
महोत्सब अबधिभर विभिन्न सास्कृतिक तथा साहित्यीक कार्यक्रमहरु हुने भएका छन । त्यसको लागि स्थानिय देखि राष्ट्रिय कलाकारहरुलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा कोमल वली, बद्री पंगेनी, जीवन शर्मा, रामजी खाँण, भुमिका गिरी लगाएतका कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिने सास्कृतिक कार्यक्रम संयोजक गणेश वलीले जानकारी दिए । साथै स्थानिय कलाकारहरुको समेत कार्यक्रममा बेजोड प्रस्तुती रहने छ ।