काठमाडौं – रुपन्देहीका गायक भिष्म अर्याल र बाग्लुङकी गायिका सिता केसीको आवाज रहेको गीत ‘सम्झना पल पलको।।’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

15493983_1286106148119388_46916139_nबिष्णु भट्टराईको निर्देशन रहेको भिडियोमा सबिन बराल र रोशनी ज्ञवाली लक्ष्मन पन्थि, कल्पना पान्डे, चिरन बराल, नबिन मरासिनि, शिवदेव अर्याल, किशोर पौडेल लगायतको अभिनय देख्न सकिन्छ ।

पेसा शिक्षक भए पनि सँगै गायन पनि गर्दै आएका अर्यालका यस अगाडि कुन्नि किन हो, बिछोड पत्रमा, देशको हालत, पाल्पा तिरकी, मनको कुरो हो, सुनन ए काली, मायालुले लगायत गीत सार्वजनिक भइसकेको छन् ।