दिपक बोहरा, तुलसीपुर ३० मंसिर । बृहत दाङ उपत्यका सिंचाई आयोजनाको कार्यालय उदघाटन गरिएको छ । तुलसीपुरमा बुधवार एक कार्याक्रमका बीच सिंचाई मन्त्री दिपक गिरीले कार्यालयको उदघाटन गरेका हुन् । मध्यपश्चिम सिंचाई डिभिजन कार्यालय दाङ तुलसीपुरमा उक्त कार्यालय स्थापना गरिएको छ ।
दाङको ६३ हजार क्षेत्रफलमा रहेको खेती योग्य जमिनमा सिंचाई सुबिधा पु¥याउने उदेश्यले मन्त्री गिरीको पहलमा दाङमा उक्त आयोजना सञ्चालन हुँदैछ । बृहत दाङ सिंचाई आयोजनाको कार्यालय स्थापन भएसंगै दाङको सिंचाई क्षेत्रको बिकास तीब्र गतिमा अगाडि बढने यहाँका जिल्लावासीले आशा पलाएको छ ।
‘सिंचाई नपाएर बाँझै रहेका खेतहरुमा बारैमास सिंचाई पुर्याउनु र दाङलाई अन्नउत्पादनमा आत्मनिर्भर बनाउनु आयोजनाको मुख्य उदश्य हो ।’ सिंचाई मन्त्री गिरीले भने ‘ यसले दाङलाई आर्थिक सम्बृद्धि हासिलगर्न मद्दत गर्नेछ ।’ उनले जम्मा चार किलोमिटरको नहरवाट दाङमा सिंचाईको प्रवन्ध गर्न सकिने सुझाव विज्ञहरुवाट आएकोलेले यो त्यति जटिल कार्य नहुने बताए ।
मन्त्री गिरीले उक्त सिंचाई आयोजनाको लागि प्रिसर्भेको काम सुरु भएको र आयोजना जति हुन्छ छिटो सम्पन्न गराउन तर्पm आफुले पहल गर्ने आश्वासन दिएका थिए । प्रिसर्भेको काम सकिने वित्तिकै आयोजनाको काम सुरु हुने उनले बताएका थिए । उनले भने‘ काममा ढिला सुस्ति हुँदैन, प्रिसर्भै हुने बित्तिकै काम रफ्तारमा जान्छ ।’ उनले चार किलोमिटरको दुरीमा ववई डाईभर्सन पनि निर्माण गर्न सकिने सल्लाह आफुलाई सम्बन्धित क्षेत्रका विज्ञहरुले दिएको बताएका थिए । उनले भने ‘ पहिला राप्तीका पहाडी जिल्लाहरुमा भोकमरी पर्दा दाङवाट अन्न पठाईन्थ्यो तर आज सिंचाई अभावले हामी अन्नमा परनिर्भर बन्न पुगेको छौं , आज भारतवाट आयात हुन्छ र आयोजना निर्माणपछि यसको अन्त्य हुने छ ।’
कार्यक्रमका अन्य बक्ताहरुले आयोजना जिल्लाको सिंचाईका लागि निकै महत्वपूर्ण भएकोले जतिछिटो आयोजना निर्माणको काम पुराहुन्छ त्यति नै छिटो जिल्लाको सम्वृद्धिले गतिलिने विचार व्यक्त गरेका थिए । कार्यक्रमलाई सांसदहरु बुद्धिराम भण्डारी, डिल्लीबहादुर चौधरी,अनिता देवकोटा, अनारकली मिया सम्वोधन गरेका थिए । उनीहरु सबैको धारणा जिल्लाको सम्वृद्धि नै आफुहरुको पहिलो उदेश्य भएको बताएका थिए ।
आयोजनाका प्रमुख मिनराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सिंचाई विभागका सचिव गजेन्द्र ठाकुर,जलउत्पन्नका महानिर्देशक मधुकर राजभण्डारी,सिंचाई बिभाग उपमहानिर्देशक कृष्ण बेलबासे, प्रमुख जिल्ला अधिकारी दिपक काफले लगायतले मनतब्य व्यक्त गरेका थिए ।
सिचाई डिभिजन कार्यालय तुलसीपुरका प्रमुख केदारकुमार श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सिंचाई डिभिजन कार्यालयका सहायकईन्जिनियर बिमला बुढाथोकीले गरेकी थिइन् ।
