तुलसीपुर ३० मंसिर । युवा तथा खेलकुद मन्त्री दलजित शिर्पालीले मन्त्री शिर्पालीले नेपालको खेल क्षेत्रमा तीब्र विकास गर्ने उदेश्यका साथ खेलकुद एकाडेमी खोल्ने तयारी भइरहेको बताएका छन् । रिपोटर्स क्लव दाङले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तराष्ट्रिय स्तरको खेलकुद सम्बन्धि ज्ञान र सिपको विकास स्वदेशमै गर्नकालागि एकेडमीको स्थापना आवश्यक रहेको बताएका थिए ।
त्यसको लागि सँधै बिदेशको भर पर्न नसक्ने हुँदा एकेडमीको स्थापना अनिवार्य भएको तर्क प्रस्तुत गरेका थिए । त्यस्तै उनले प्रत्येक प्रदेश र स्थानीय निकायहरुमा पनि एक÷एक वटा आधुनिक खेलमैदान निर्माणगर्ने आफ्नो कार्यकालको प्रमुख एजेन्डा रहेको बताएका थिए । मन्त्री शिर्पालीले राजधानीमा मात्रै नभएर देशको दुरदराजमा पनि खेलकुदको विकास हुनुपर्ने बताएका थिए ।
अब तुरुन्तै निर्वाचनको मिति घोषणा हुन्छ
समसामयिक राजनीतिक प्रशगंमा नेपका माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शिर्पालीले अब तुरुन्तै सरकारले स्थानीय निकाएको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । उनले बर्षाैंदेखि हुन नसकेको स्थानीय निकाएको निर्वाचन गराउनु अहिलेको सरकारको प्रमुख अभिभारा भएको बताए । लामो समयदेखि स्थानीय निकाएको निर्वाचन हुन नसक्दा विकास निर्माणका कामहरु प्रभावित भएकोले अब निर्वाचन जति हुन्छ छिटो गरिनुपर्ने उनको धारणा थियो ।
उनले निर्वाचन गराएर देशलाई सम्वृद्धिमा लैजाने अवसर यो सरकारलाई प्राप्त भएकोले अबको केही दिनमै सरकारले निर्वाचनको मिति घोषणागर्ने तयारी गरिरहेको जानकारी दिएका थिए । तर मन्त्री शिर्पालीले सरकारले संसद सचिवालयमा प्रस्तुत संविधान संशोधन विधेक भने पाश गराएरै छोड्ने दाबी गरेका थिए ।
फरक प्रशंगमा मन्त्री शिरपालीले नयाँ संविधानमा दलितहरुका हकअधिकार सुरक्षित गरिएको भएपनि व्यवहारमा कार्यान्वय हुन नसकेको उल्लेख गर्दै आफुले संबिधानमा उल्लेख भएका कुराहरु कार्यान्वयमा लैजानका लागि भूमिका निर्वाहगर्ने दाबी गरेका थिए ।
यसैविच मन्त्री शेर्पालीलाई नेपाल दलित मुत्तिमोर्चा दाङले दलितमाथि विभिन्न वाहानामा हुँदै आएको थिचोमिचो र विभेद अन्त्यहुनुपर्ने माग सहित ज्ञापन पत्र बुझाएका थिए । कार्यक्रममा जिल्ला इञ्चार्ज राधिका परियार , केशव विक र हीरा सुनार लगायलते दलित समुदायको हकहितमा काम गर्न आग्रह गरेका थिए । कार्यक्रम रिपोटर्स क्लव नेपाल दाङ शाखा अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।
