गोविन्द खड्का
घोराही । ठुलो शौचालय भेट्दा अनुगमनमा निश्केका घोराही ६ का सरसफाई संयोजक मिनराज गौतम औधि खुशि देखिनुभयो । प्रफुल्ल मद्रामा शौचालयका ढोका खोलेका गौतम नाक खुम्चाउदै अ“ध्यारो मुहारमा बाहिर निश्कनुभयो । हेर्दा मात्रै नाकले पचाउन नसक्ने दुर्गन्ध थियो । दिसा पिसाव गर्दा कस्तो होला ?

100_5156

टाढै बाट हेर्दा घर भनेपनि हुन्छ घोराही ६ गिठेपानीका गोमा पुनको त्यो शौचालय । घर र शौचालयको देख्दा पुग्दा सर्दा व्यक्ति हुन् । पलास्टर गरीएको पक्कि शौचालय भित्र पस्यो भने गन्हाउछ । सफागर्न नसक्ने पनि होईनन् । भित्र राखिने हर्पिक र ब्रस भने छानामा बसालिएको छ । किनेर काममा नलागाए पछि शौचालय फोहर भएको छ । हर्पिक ब्रस खेर गएको छ ।

100_5161

संयोजक गौतमले हर्पिक निकालेर शौचालयमा खन्याउनु भयो । घर मालिकलाई बोलाएर देखाउनुभयो । ब्रसले लदबदयान पारेर छोड्दै केहि समय भिज्न दिएर पखाल्नु भनि विदा हुनुभयो । अब नियमित सफा गर्नु । यसरी भित्रै राख्नु भनेर सम्झाएपछि घर मालिकले हो हो भनेर सहमति जनाए ।
‘तपाईहरु आउने थाह पाएको भए अघि चप्पल भित्र राख्थे’ सोहि ठाउ“का बालाराम बस्नेतले भन्नुभयो, घरका मात्रै हुदा सफा राख्छु । आज भोलि घर बनाउनेलाई दिएको छु । तिनिहरु सफा गर्दैनन् ।’ यसरी स्ष्टिकरण दिएपछि संयोजक गौतमलाई चित्त बुझेन । ‘म रझेना बाट आएको हु । जुत्ता लगाएको छु । हिलो फोहर समातेको छ । तपाईको शौचालयमा यस्तै गएर खसाली दिन्छु । हुन्छ ?’ त्यसो त शौचालय भरिन्छ । माटो, हिलो, लेदो अन्य कसिंगर भित्र जान्छ ।त्यस पछि भने बस्नेत पनि नाजवाफ हुनुभयो । बहस नगरी च्यातिएका वा पुराना चप्पल भए पनि नियमित राख्ने सहमति जनाउनु भयो । यसो त अधिकांशका घरमा चप्पल छैन । कित खाली खुटा भित्र पस्छन् कि भने आफु संग जे छ त्यहि लगेर शौचालय पुग्छन् ।

100_5194

‘यहा आउनुस तो नानि ? को हुनु हुन्छ यो घरको’ खाबा मात्रै गाडेको शौचालय भेटेपछि अनुगमन टोलिले बोलायो । घर सम्हालेर बसेकि कामना नेपाली उपस्थित हुनुभयो । सायद बच्चाले गरेर आफैले थाह नपाएको हुन सक्छ । खुला शौचालयमा प्यान राखेर पक्कि बनेको छ । तर त्यसैमा गरेको दिसा पखालेको छैन । जगभरी पानी ल्याएर हुतहुतास खन्याई सफा गर्नुभयो । ‘हामि दुई तिन बर्ष देखि बनाम बनाम भनेको यो नटेरेको जस्तो देखियो’ सरसफाई समितिका सचिव दिनेश वलीले सम्झाउनुभयो । ‘बाहिरको काम छाडेर पनि गर्नुप¥यो ।’ संजोगले त्यो घर मिस्त्रीको रहेछ । चार वटा डोसा गाडेर शौचालय बनाएको रहेछ । गृहनी नेपालीका हातमा क्षमता थिएन । घरमा बस्ने भएकाले टोकसो उनैले सहनुपर्दथ्यो ।

100_5166‘तपाईको दिसा गर्ने भाडो कहा छ ? राम्रो छ ?’ फागुनमा पुर्ण सफागर्ने लक्ष्य लिएका घोराही ६ का अभियान्ता सोध्ने गरेका छन् । घर दैलोमा केहि महिना देखि लागीरहेका छन् । त्यसको जवाफ दिन मान्छेहरु सबै भन्दा बढि लजाउछन् । किन भने घर जत्तिकै सफा शौचालय हुदैन । त्यो सबै भन्दा हेलाको साधन हो । सकभर भान्सा भन्दा टाढाा राख्न खोज्छन् । ‘यो देखाउने हो कि हाल्ने हो ?’ प्रयोगमा नआएको देखिएपछि कक्षा आठमा अध्ययन निर्मल विकलाई सोध्दा उहाको जवाफ थियो ‘हाल्ने हो सफागर्ने हो ।’ विकलाई कुन कुन समयमा सफागर्ने थाह रहेन छ ।
‘ट्वाईलेट छैन अब सर्ने हो । घर सार्ने हो । भख्खर बनाएको हो’ देवा विकले भन्नुभयो, चार बर्ष अघि शौचालय बनाउ भन्दा यस्तै भन्थे । अहिले पनि विकले थप्नुभयो ‘अरुको जग्गामा परेर भत्काउने भयो । एक बर्ष पुगेको छैन ।’ यसरी नगरपालिका बाट ईजाजत नल्याएर घर बनाउने बानिले पनि विगारेको छ । अरुको शौचालय प्रयोग गरेपनि राति आतुरी परे टाढा त कसरी जाने ?

गोबर ग्यास जडित शौचालयमा सिट कालो हुने समस्या देखिएको छ । ‘यति राम्रो हुनुहुन्छ त्यो लाई किन फोहर बनाउनु भा छ ?’ भनेर सोध्दा हर्पिक हाल्न मिल्दैन कसरी गर्ने भनि उल्टो सोधछन् । उनिहरुलाई गोबरले लिपेर पनि सफ ागर्न सकिने जवाफ दिएको अनुगमन टोलिका वलीले बताउनुभयो । टोलका सचिव तुलसीराम बुढाले भन्नुभयो, ‘बिहान बिहान हाम्रा दात माझे जस्तै सफा गर्नुपर्छ’ गिठेपानी टोलका सचिव तुलसीराम बुढाले भननुभयो ‘चप्पल राखि हाल्नुस् ।’ भनिएको छ ।

निमा घर्ति अर्काको घरमा बस्नु हुन्छ । ‘घर बेटिले बनाउदैनन् । हामि अन्त सर्ने हो’ घर्ति भन्नुहुन्छ । ‘फुपुको घर हो । बजार बस्नु हुन्छ । बनानम भन्नु हुन्छ । हामि पनि अब बस्दैनौ ।’ कहिल सार्नु हुन्छ भन्दा अब सार्छाम् । जवाफ छ । कि बनाउनुस कि खाली गर्नुस भनेर हिडेको थियो । यसरी केहि खाल्टे शौचालय भेटिएका छन् । प्वालमा फताफत गु खसाल्ने ह्रवास्स नाकमा गन्ध आउने । आ“खाले किरा डुबुल्की मारेको देख्न सकिने शौचालय भेटिएका छन् । केहि पुराना शौचालय सिमेन्टका प्यान छन् । जो सिधै किरा जाने आउने बाटो छ ।

ब्रस लगाउने तरीका थाह नपाएका धेरे भएको वडा सरसफाई अनुगमन संयोजक धर्म हमालले बताउनु हुन्छ । वडानागरीक मञ्चका संयोजक समेत रहनुभएका हमालका अनुसार अबको सचेतना कार्यक्रममा चर्पि सहि प्रयोग गर्ने तरीका ल्याउनु पर्छ । जसरी हात धुने विधि आएको छ ।‘ केहिले हर्पिक भनेको खाने चिज हो कि क्या हो भन्छन्,’ अखबरे र सुपैलाखुटि पुर्ण सरसफाईको तयारी थालेका हमालले भन्नुभयो, ‘ब्रस लाउने तरीका सिकाउनु पर्छ । त्यसै सफा भईन भनेर गालि गरेर मात्रै हुदैन ।’दनेपाल प्रहरीको जागिर बाट निबृत्त हमालले प्रहरी अनुशासन त लाउनु भएको छ । तर, सचेतिकरणको पाटोमा पुगेको छैन ।