yadab-giri

तुलसीपुर ३० मंसिर ।   प्याव्सन दाङको १३ औँ जिल्ला अधिबेशनले पुनः यादव गिरीलाई नै अध्यक्ष चयन गरेको छ । सर्वसहमतिवाट गिरी पुनः अध्यक्षमा चयन गरिएका हुन ।

जसको बरिष्ठ उपाध्यक्षमा रेशमबहादुर बुढा, उपाध्यक्षमा मधुसुदन केसी र दिपक शाह, सचिबमा निर्मल न्यौपाने र कोषाध्यक्षमा अमर सुबेदी चयन गरिएका छन् ।