काठमाडौं, २९ मंसिर । सिँचाइ मन्त्री दीपक गिरीले पेश गरेको  सम्पत्ति विवरणमा उनका काठमाडौं टोखामा १३ आना भन्दा बढी जग्गामा ३ तले पक्की घर र टोखामै अर्को एउटा घर छ ।

15400439_1399818040052609_5255709685858848005_nटोखामै मन्त्री गिरीको २ रोपनी ९ आना जग्गा पनि छ । मन्त्री गिरीको दाङमा ६ बिगाहा १२ कट्ठा भन्दा बढी जग्गा र ती जग्गामा ३ तले पक्की घर, भान्सा घर, पाहुना घर गरी ५ वटा घर छन् । ५० तोला सुन, डेढ किलो चाँदी भएका मन्त्री गिरीसँग हिराका गहना ३ सेट पनि छन् । उनको ग्लोबल बैंकमा ३ लाख ९४ हजार रुपैयाँ छ ।

त्यस्तै दाङको स्वर्गद्वारी क्रसर उद्योगमा १० प्रतिशत र दाङकै योगी व्रदर्श क्रसर उद्योगमा २५ प्रतिशत शेयर भएको उल्लेख छ । मन्त्री गिरीले एउटा स्कर्पियो गाडी भएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।