तुलसीपुर , ३० , मंसिर । सांसद डिल्लीबहादुर चौधरीले धर्म र कानुन एउटा सिक्काका दुईपाटा समान रहेको बताएका छन् । बुधवार विहान तुलसीपुर ६ गोलौरा स्थित लक्ष्मीटोलमा शिव मन्दिर सिलन्यास गरेपछि उनले त्यस्तो धारणा व्यक्त गरेका हुन । उनले धर्मले कुनैपनि व्यक्तिलाई मर्यादित र अनुशासित बनाउने बताए । कार्यक्रमका प्रमुख अतिथि सांसद चौधरीले भने ‘ पहिले पहिले नियम कानुन नहुँदा धर्मले नै समग्र समाजलाई मार्ग निर्देशन गरेको थियो , डोर्याएको थियो र आजपनि त्यही छ ।’
नेपाली काँग्रेसका नेता समेत रहेका सांसद चौधरीले नियम कानुन नहुँदै धर्मले नै कानुन जन्माएको र हिन्दु धर्मले नै नियम कानुन बनाउन सघाएको बताएका थिए । हामी सबैलाई डोर्याउने र एकतामा बाध्ने माध्यम धर्म नै हो , हामी नास्तिक कहिलै बन्न सक्दैनौं ।’
सांसद चौधरीले थपे ‘ गोलौरामा शिव मन्दिर निर्माण पुरा भएमा तीज, शिव रात्रि र अन्य अवसरहरुमा स्थानीय भक्तजन अनि दिदी बहिनीहरुलाई दर्षणगर्न टाढा जानुपर्ने छैन ।’ उनले मन्दिर निर्माणको लागि पहिलो चरणमा एक लाख ५० हजार सहयोग उपलब्ध गराउने घोषणा गर्दै निर्माणको क्रममा अपुग भएका त्यसमा पनि सघाउने आश्वासन दिएका थिए ।
त्यस्तै उनले स्थानीय गोलौरा कुलोको लागि हाल ५० हजार आर्थिक सहयोग गर्ने र उक्त कुलोलाई बहुबर्षिय योजनामा पारेर मुहानदेखि पक्कि नहरको निर्माण गर्न भूमिका खेल्ने आश्वासन समेत दिएका थिए । सांसद चौधरीले काँग्रेस विकास प्रेमी पार्टी भएको दाबी गर्दै विकासका लागि सँधै आफुलाई खबरदारीगर्न आग्रह पनि गरेका थिए । मन्दिर निर्माण समितिकी अध्यक्ष विना लामिछानेको अध्यक्षता र सांसद चौधरीको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रमलाई गणेश टोल विकास संस्थाका संस्थापक अध्यक्ष प्रताप सिंह खत्री, निर्माण समितिका सल्लाहाकार लोकराज डाँगी, सचिव पिमा वली , आमा समुहकी अध्यक्ष दुर्गा डाँगी लगायतले मनतब्य व्यक्त गरेका थिए ।
मन्दिर निर्माण समितिका सल्लाहाकार ठुमराज लामिछानेको स्वागत मनतब्यबाट सुरु भएको उक्त कार्यक्रको सहजीकरण वशन्त केसीले गरेका थिए । झन्डै १० लाखको लागतमा निर्माण गर्ने लक्ष राखिएको शिव मन्दिर वडा नं. ६ , १३ र १४ को सिमानामा निर्माण गर्न लागिएको छ । मन्दिर निर्माणका लागि स्थानीयले स्वइच्छिक सहयोग शंकलन गर्ने तयारी गरेका छन् । त्यसका लागि विभिन्न दलका नेता, सांसद , उद्योगी , व्यापारी संग आग्रहगरिने जानकारी दिइएको थियो ।
