धनौरी ३० मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान समस्याको समाधानका लागि संविधान संशोधन विधेयक फिर्ता हनुपर्ने बताएका छन् । नेकपा एमाले क्षेत्र नम्बर ५ को आयोजनामा बुधबार धनौरीको खैरनीमा भएको कार्यक्रमलाई सम्बोन्धन गर्दै उपाध्यक्ष ज्ञवालीले संविधान संशोधन विधेक फिर्ता भएमा निर्वाचन गर्नका लागि वातावरण तय हुने बताएका थिए । उनले भने ‘ सरकार जव सम्म संशोधन विधेक फिर्ता गर्र्दैन तव सम्म निर्वाचनको माहोल बन्दैन ।’ सहमति निर्माणका लागि संशोधन विधेक फिर्ता हुनुपर्ने उनको अडान थियो ।
राष्ट्रियताको रक्षाका लागि सम्पूर्ण जनताहरु एकठाउँमा उभिनुपर्ने बताए । ज्ञवालीले वर्तमान सरकारले पाँच नम्बर प्रदेशका जनताहरुको भावना विपरित नक्साङ्कनमा हेरफेर गर्नु गलत भएको बताए । सरकारले संसद सचिवालयमा पेश गरेको प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने भन्दै त्यसो नभए एमाले थप आन्दोलनमा जान बाध्यहुने उनको धारणा थियो ।
क्षेत्र नम्बर ५ का अध्यक्ष प्रेमबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य मेटमणी चौधरी, पाँच नम्बर प्रदेश कमिटी सदस्य जोगबहादुर राणा, जिल्ला अध्यक्ष टिकाराम खड्का, सचिव हिराचन्द्र केसी, उपसचिव सुरामणी बेलवासे, लेखा आयोगका संयोजक वामदेव खनाल , जिल्ला सदस्यहरु सावित्रा विश्वकर्मा, कृष्ण भुसाल, चूर्णबहादुर वली , विनोद शर्मा, पदम केसीलगायतले मन्तब्य ब्यक्त गरेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य शेरबहादुर भण्डारी सहितका व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि एमालेमा पार्टी प्रवेश गरेका थिए । क्षेत्रीय कमिटी उपाध्यक्ष धरम परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव भिम योगीले गरेका थिए ।